देश

पूर्व राजा ज्ञानेन्द्र आज लुम्बिनी मा

 

बुटवल,असार २० 
धार्मिक भनिएको लुम्बिनीअञ्चलदका विभिन्न क्षेत्रको अवलोकन भ्रमणमा रहनु भएका पुर्व राजा ज्ञानेन्द्र शाहा केहि वेरमाा लुम्बिनी जाने कार्यक्रम रहेको छ ।बुद्ध जन्मस्थल लुम्बिनी को स्थलगत भ्रमण तथा मायादेवी मान्दिरमा पुर्जा अचर्नाका लागि पुर्वराजा विहान साठे ९ बजे लुम्बिनी पुग्ने कार्यक्रम रहेको उहांको निजि सचिवालयले बताएको छ । यस अघि कपिवस्तु र रुपन्देहीका विभिन्न मठ मन्दिरको भ्रमण गरिसक्नु भएका पुर्वराजा ज्ञानेन्द्रले आज लुम्बिनीमा विशेष पुर्जा अर्चना गर्ने बताइएको छ । पुर्वराजाको भ्रमणलाई लिएर आज विहानैदेखि लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । लुम्बिनी भ्रमण पछि पुर्वराजा शाह आज नवलपरासीमा रहेको पाल्ही भगवति मन्दीरको दर्शनका लागि परासी जादै हुनुहुन्छ  । गत आईतवार देखि भैरहवाको निर्माणा होटलमा रहदै आएका पूर्वराजा आज पाल्ही भगवति मन्दीरको दर्शनका लागि आउन लागेको  स्वागत मूल समारोह समिति नवलपरासीका संयोजक रामजी पौडेलले बताए । पूर्वराजा आज अपराह्न्न साढे तीन बजे मन्दिर दर्शनका लागि परासी पुग्ने जनाइएको छ । पूर्वराजा आउने भएपछि साता दिन अघि देखिनै उनिहरुका समर्थकले प्रचार प्रसारलाई व्यापक वनाउदै आएकाछन् ।  यसैबिच पूर्वराजा आउने भए पछि जिल्लाको सिमावर्ति भारतिय नाकाहरुमा भारतिय सिमा सुरक्षा बल(एसएसबी)ले सिमा क्षेत्रमा चेकजाँच तिब्र पारेको छ । ५ दिनको भ्रमणमा रहेका पूर्वराजाको मन्दिर दर्शन कार्यक्रम अन्र्तगत पाल्ही भगवतीको दर्शन अन्तिम भएको र भोली राजधानी फर्कने कार्यक्रम रहेको पनि बताईएको छ । 
 
 
 
 
 
 
 

Post Comment

More देश

Onair Now Onair Now

Kalika News Express

Started at: 17:30 HRS

Up Next

Nepal Khabar

Starts at: 18:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event