राजनीति

लडाकु छनोट प्रक्रियाको तयारी

 

चितवन २० असार । समायोजन रोजेर चितवनको शक्तिखोर शिविरमा बसेका माओवादी लडाकुको भर्ना छनोट प्रक्रिया अगाडि बढाउन नेपाली सेनाको टोली गएराति चितवन आइपुगेको छ । टोलीमा तीन वरिष्ठ अधिकृतसहित विभिन्न दर्जाका १४ जना रहेने छन् । उनीहरुले प्रक्रिया अघि बढाउन बन्दोबस्त गर्ने बताइएको छ ।  
 
उपरथीहरु बलदेवराज महत र  सुरेन्द्रबहादुर कार्की तथा प्रमुखसेनानी प्रकाश केसी आज बिहान आएपछि प्रक्रियाअघि बढ्ने शमशेरदल गण भरतपुरका गणपति जोतेन्द्र महतले जानकारी दिनुभयो । प्रक्रिया अगाडि बढाएर उपरथीद्वय र प्रमुखसेनानी भने आज दिउँसै काठमाडौँ फर्कने बताइएको छ ।
 
देशका सात मुख्य शिविरमा समायोजन रोजेर बसेका तीन हजार १२३ पूर्वलडाकुमध्ये ६२५ जना चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा रहेका छन् । टोलीले केन्द्रकोे निर्देशनानुसार प्रक्रिया अगाडि बढाउने बताइएको छ ।  शिविरस“गै भरतपुरस्थित गणमा पनि छनोट प्रक्रिया गरिने गणपति महतले बताउनुभयो । 
 
समायोजनका सम्बन्धमा महानिर्देशनालय गठनका साथै नागरिकता, अनमिनको प्रमाणीकरण बेलाको उमेर, शिक्षा, दर्जा, सेवा अवधिजस्ता विषयमा विवाद टुङ्गिएको छैन । गत चैत २८ गते राजनीतिक निर्णयानुसार अपर्झट नेपाली सेना माओवादी लडाकु शिविरमा प्रवेश गराइएको थियो । नेपाली सेनाका सेनानी शङ्कर थापाको नेतृत्वमा रहेको एक कम्पनीस“गै लडाकुहरु शक्तिखोर शिविरमा रहेका छन् । रासस
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event