मध्य नेपाल

विषालु च्याउ खादा १३ जना बिरामी

 

सुजितकुमार अर्यालबारा, असार १९ -
जंगलबाट ल्याएको विषालु च्याउ  खादा बाराको मनहर्वामा एकै टोलका तीन परिवारका महिला,बालबालिका गरि १३ जना बिरामी परेका छन् ।  सोमवार दिउँसो जंगलबाट ल्याएको च्याउको तरकारी खाएर उनीहरु विरामी परेकाहुन् । बिरामी हुनेहरुमा मनहर्वा १ जैतापुरकीे,५५ वर्षिया देवीमाया गोले,१४ वर्षिया लालिमाया गोले,१७ वर्षिया शान्ति गोले,१६ वर्षिया ज्योती गोले,१४ वर्षिया आरती गोले,५ वर्षिय पासाङ गोले,अढाई वर्षका सिमान्त गोले,१० वर्षिया शिल्पा गोले,१० वर्षका प्रकाश गोले र १२ वर्षका अजय गोले  ३५ वर्षिया कमला गोले  ११ वर्षिया अनिता गोले,३५ वर्षिया बेलीमाया गोलरहेका छन् ।  विरामी मध्ये कमला,अनिता,देवीमाया र बेलीमायाको अवस्था गम्भिर छ ।  विरामी सबैको वीरगञ्ज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ । विरामी मध्ये नौजना  उपचारपछि मंगलवार घर फर्केको स्थानीय वासिन्दाले जनाएकाछन् ।  पुर्व–पश्चिम राजमार्ग जंगल छेउबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेको स्थानीयवासिन्दाले जनाएकाछन्।  

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Tareli

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event