देश

गाउँमा आधारभुत स्वास्थ्य सेवाका लागी तालीम

 

 
कपिलवस्तु असार १५ ।
सामान्य रोगका कारण सर्वसाधारणले  ज्यान गुमाएका बेला जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुका विभिन्न गाउँमा आधारभुत स्वास्थ्य सेवाका लागी तालीम दिन थालेको छ । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिई स्थानीय तहमै दक्ष जनशक्ति तयार पार्ने सरकारी योजना अनुसार आधारमुत तालीम दिन थालीएको हो । 
 
जसअनुसार पहिलो चरणमा जिल्लाको शिवराज अस्पताल बहादुरगञ्जमा महिला स्वयंसेविकाका लागी आधारभूत तालिम शुक्रवार शुरु भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुको ज्ञानसीप, दक्षता अभिवृद्धि गरी समुदायमा भरपर्दो स्वास्थ्य सेवा पु¥याउन तालिम संचालन गरिएको छ ।
 
तालिममा महिला स्वयंसेविकाहरुले गर्नुपर्ने काम, कर्तव्य र अधिकार तथा उनीहरुले समुदायमा पु¥याउने स्वास्थ्य सेवाका विविध विषयबारे प्रशिक्षण दिने बताइएको छ । तालिममा प्रजनन् स्वास्थ्य, परिवार नियोजन, सुरक्षित मातृत्व, नव शिशु स्याहार, एचआईभी÷एड्स, खोप, झाडापखाला, पोषण, श्वासप्रश्वास रोग, सरसफाई, सरुवा रोग, लैंगिक समानता, किशोर अवस्था लगायतका विषयलाई प्राथमिकतामा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
 
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य शिक्षा टेक्निसियन मोतीलाल कानुले यस तालिमपश्चात कपिलवस्तुमा विशेष गरी मातृ तथा शिशु मृत्युदरमा कमी आउने दाबी गर्नुभयो । समयमै प्राथमिक उपचार र उचित परामर्श नपाएर अहिले पनि दुर्गम क्षेत्रका सर्वसाधारणले अकालमै ज्यान गुमाउनु परेकोले तालिमपछि स्वयंसेविकालाई समुदायका जनतालाई प्रभावकारी स्वास्थ्य सेवा पु¥याउन उहांले सुझाव दिनुभयो ।
 
तालिम उद्घाटनको अवसरमा जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक उदयचन्द्र चौरसिया तालिम अहिलेको सन्दर्भमा सान्दर्भिक र प्रभावकारी रहेको बताउंदै तालिमका सहभागीलाई स्वास्थ्य जस्तो विषयमा खेलवाड नगर्न आग्रह गर्नुभयो । तालिम उद्घाटनकै अवसरमा शिवपुर उपस्वास्थ्य चौकी इन्चार्ज द्रोणप्रसाद बेल्बासेले जिल्लामै शिवपुर गाविसलाई लैंगिक हिंसा मुक्त नमूना गाविसको अभियान संचालन गरिरहेको बेला तालिमले थप बल मिल्ने दाबी गर्नुभयो ।
 
कृष्णनगर उपस्वास्थ्य चौकी इन्चार्ज सिनियर अहेव महेन्द्र बेल्बासेको अध्यक्षता र जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वा.शि.टे. मोतीलाल कानुको प्रमुख आतिथ्यता रहेको तालिमको उद्घाटन सत्रमा शिवपुर उपस्वास्थ्य चौकी इन्चार्ज द्रोण प्रसाद बेल्बासेले स्वागत र खुरुहुरिया उपस्वास्थ्य चौकी इन्चार्ज यज्ञ अधिकारीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
 
तालिममा शिवपुर, विसुनपुर, गुगौली, रामनगर, शिवानगर, कृष्णनगर र सिर्सिहवा गाविसका कूल २५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण द्रोणप्रसाद बेल्बासे, महेन्द्र बेल्बासे र यज्ञ अधिकारले गरिरहनु भएको थियो ।
 

Post Comment

More देश

Onair Now Onair Now

Kalika News Express

Started at: 17:30 HRS

Up Next

Nepal Khabar

Starts at: 18:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event