अर्थ - वाणिज्य

विपन्नको उपचारमा गाउँपालिका विपन्नको उपचारमा गाउँपालिका
बनियानी, झापा, ४ वैशाख, रासस
आर्थिक अभावका कारण उपचार गराउनबाट वञ्चित विपन्न गाउँपालिकावासीलाई हल्दिबारी गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । 
 
गाउँपालिकाले ‘जनता उपचार सहायता कोष’ बाट ३२ जना बिरामीलाई रु सात लाख ४० हजार सहयोग प्रदान गरेको हो । गाउँपालिकाभित्र बसोबास गर्ने विपन्न परिवारलाई उपचारमा सहयोग गर्न सहायता कोष निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिनुभयो । 
 
“आर्थिक अभावकै कारण रोग पालेर गाउँपालिकावासी बस्नु नपरोस् भनेर कार्ययोजनाका साथ अघि बढेका छौँ”, उहाँले भन्नुभयो, “यो सुविधा पाउन सरकारी स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने छ ।” 
 
कोषबाट क्यान्सर, बे्रन ट्युमर, पक्षाघात, मुटु, कलेजोसम्बन्धी समस्या, मानसिक रोग, आगोले डढेकोलगायतका बिरामीलाई रोगको प्रकृति हेरेर न्यूनतम रु १० हजारदेखि अधिकतम रु ९० हजारसम्म सहयोग गरिने सहायता कोषको संयोजकसमेत रहनुभएका उपाध्यक्ष गिरीले जानकारी दिनुभयो । 
 
उपचार रकम पाउनका लागि अस्पतालले रोग खुलाएको कागजपत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस र हल्दिबारीवासी खुल्ने परिचयपत्र हुनुपर्ने नगरपालिकाले जनाएको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Ma ra mero Kabita

Started at: 19:30 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award