देश

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि
भीमदत्तनगर, २९ पुस रासस
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का काँग्रेस पूर्व वडासभापति नारायणदत्त भट्टको पार्थिक शरीरमा आज श्रद्धाञ्जलि अर्पण गर्नुभयो । 
 
कञ्चनपुरको भीमदत्तनगर आइपुग्नु भएका प्रधानमन्त्री देउवाले आज बिहान भीमदत्तनगरपालिका–६ स्थित वडासभापति भट्टको घरमै पुगेर पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । काँग्रेसको राजनीतिमा सक्रिय ७७ वर्षीय भट्टको शुक्रबार निधन भएको थियो । 
 
भट्टको निधनप्रति दुखः व्यक्त गर्दै प्रधानमन्त्री देउवाले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो ।
 
 

Post Comment

More देश

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award