निर्वाचन विशेष

पाँच मतदान केन्द्रमा सबै कर्मचारी महिला पाँच मतदान केन्द्रमा सबै कर्मचारी महिला
सुरुङ्गा, झापा, २० मंसिर 
बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् । 
 
निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी तथा निर्वाचन क्षेत्र नंं २ को बिर्तामोड नगरपालिकामा रहेका दुई मतदान केन्द्रमा सबै कर्मचारी महिला छन् । 
 
नगरपालिका ९क० केन्द्रमा मतदान अधिकृत नमूना निरौला दाहाल र ९ख० केन्द्रमा सुनिता आचार्यसहितका महिला कर्मचारीले मतदान गराउँदैछन् । त्यस्तै निर्वाचन क्षेत्र नं ३ मा रहेको मेची रंगशालाको ९क० र ९ख० केन्द्रमा पनि महिला कर्मचारीले मतदान गराउँदैछन् । ९क० केन्द्रमा मतदान अधिकृत गीताकुमार राई र ९ख० केन्द्रमा अम्बिका श्रेष्ठ मतदान अधिकृत तोकिएको प्रमुख निर्वाचन अधिकृत खिलाराज रेग्मीले जानकारी दिनुभयो । 
 
क्षेत्र नं ५ को दमक नगरपालिका केन्द्रमा भने जमुना कार्कीको टोलीले मतदान गराउँदैछ । झापामा पाँच हजार ५३६ कर्मचारी र दुई हजार ६४ स्वयंसेवक गरी सात हजार ६०० कर्मचारी निर्वाचनका लागि खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

Post Comment

More निर्वाचन विशेष

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 13:00 HRS

Up Next

Kalika New Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award