मध्य नेपाल

विषादी नियन्त्रण गर्न चितवनमा परियोजना शुरु
राजु थापा, कार्तिक २८, कालिका
 
विभिन्न कृषि खेतीमा हुने विषादी न्युनिकरणको लागि चितवनमा मंगलबार देखि कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजना औपचारिक रुपमा लागु भएको छ । चितवनका ४ नगरपालिकाका २४ वडामा लागु हुने परियोजनाको मंगलबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी र नेपाल जनस्वास्थ्य प्रतिष्ठानका कार्यकारी अध्यक्ष महेश मास्केले संयुक्त रुपमा उद्धधाटन गर्नू भएको हो । 
 
करिव २ करोडको परियोजना चितवनकको भरतपुर महानगरका ८, कालिकाका ७ , खैरहनीका ६ र राप्तीका ३ वडामा लागु हुनेछ । सन् २०१३ देखि २०१५ सम्म संचालन भएको परियोजना २ वर्ष पछि पुनह शुरु भएको हो । असोज १ गते देखि नै कार्यालय स्थापना गरि कार्य अधि वढेपनि औपचारिकरुपमा भने मंगलवार मात्र उद्धधाटन भएको हो । यो परियोजना २०२० सम्म साढे २ वर्ष संचालन हुने जानकारी दिईएको छ ।
 
जनस्वास्थ्उको बारेमा सचेतना गराउनु , अनुसन्धान र खोज गर्नुका साथै समतामुलक रुपमा स्वास्थ्य सेवा पुराउने उद्धेश्यका साथ शुरु भएको परियोजनाले कृषक, विषादी विक्रेता, शिक्षक, साथी किसान र  सम्वन्धीत वडाका नागरिकहरु लाभावित हुने परियोजनाका प्रवन्धक सिमृन काप्लेले बताउनु भएको छ  ।  परियोजनालाई डाईलोगस डेनमार्क र सिआईएसयु डेनमार्कले सहयोग गरेको छ । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award