निर्वाचन विशेष

माडीलाई सुनको थाली जस्तै बनाउछुः पाण्डे माडीलाई सुनको थाली जस्तै बनाउछुः पाण्डे
कालिका, कार्तिक २८ ।
नेपाल सरकारका वन तथा भु संरक्षण मन्त्री एवम चितवन तीनमा प्रतिनिधिसभा सदस्यका उमेद्धवार र बिक्रम पाण्डेले माडीलाई सुनको थाली जस्तै नबनाए सम्म आँफुले यस क्षेत्रलाई नछाडने बताउनु भएको छ । उहाँले माडीलाई बिश्वको सुन्दर ठाँउका रुपमा बिकास गरनका निमती आँफु चुनाबी मैदानमा आएको बताउनु भएको छ । बाईट,,,,
‘सानो पार्टीको नेता हुदाँ एक्लै बिकासका योजना पारेको थिएँ’, उहाँले भन्नु भयो, ‘प्रजातातन्त्रको लागि लामो ईतिहाँस बोकेको कांग्रेस सँग छु , यस पालि  माडीलाई अहिले भन्दा बढी बिकास गर्नेे अठोट  पुरा हुनेछ।’ उहाँले भन्नु भयो ।
माडीको वडा नम्बर ४ खैरहनीमा आज लोकतान्त्रिक गठबन्धको संयुत्त प्रचार प्रसार कार्यलयको उद्घाटन गर्दै पाण्डेले आँफुले निर्बाचन जितेको ५ बर्ष भित्रमा सबै सडक कालोपत्रे गर्ने बताउदै आँफु २०६५ साल देखि यहि क्षेत्रमा काम गरेको स्मरण गर्दै आँफुले निर्बाचन जिते पनि हारे पनी निरन्तर जनताहरुको साथमा रहने बताउनु भएको छ । 
यसै बिच मन्त्री पाण्डेले माडी नगरपालिका वडा नम्बर ५ ब्रहमपुरीमा लोकतान्त्रिक गठबन्धनको संयुत्त प्रचार प्रसार कार्यलयको उद्घाटन गर्दै बाम गठबन्धनका उमेद्धवार पुष्प कमल दाहाल प्रचण्डले जनतालाई धमकाउदै पैसाको प्रलोबनमा निर्बाचन ज्त्नि खोजेको आरोप लागाउनु भएको छ । मन्त्री पाण्डेले प्रचण्डलाई अजै पनि पैसाको आडमा चुनाब जित्छु भन्ने नसोच्न पनी चेतावनी दिनु भएको छ । उहाँले प्रचण्डले मतदातालाई पैसाको प्रलोबन देखाए त्यो रकम लिन समेत आग्रह गर्नु भएको छ ।
जनयुदको बेलामा जस्तो यस पटक जतनाहरु खुम्चीएर नबस्ने बताउदै जनताहरु चलाख भएको समेत भएको बताउनु भयो । बाईट,,,,,,
मन्त्री पाण्डेले आँफुले निकुञ्जमा लाग्ने शुल्क हटाएको स्मरण गर्दैै त्यो काम प्रचण्डले आँफुले गरे भन्नु जनतालाई भ्रम पैदा गर्नु भएको बताउनु भयो ।
 

Post Comment

More निर्वाचन विशेष

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award