मध्य नेपाल

सञ्चारकर्मी मनोज पन्त सम्मानित सञ्चारकर्मी मनोज पन्त सम्मानित
कालिका माघ २९ ।
कालिका एफ एमका कार्यक्रम संयोजक मनोज पन्त सम्मानीत हुनुभएको छ । 
 
पन्तलाई कला पाठशाला मिडियाद्धारा सञ्चालित ग्रेट एफ.एम १०६.४ मेगार्हजले आफ्नो दोस्रो वार्षिकउत्सबको अवसरमा सम्मान गरेको हो ।
 
चितवनको पहिलो रेडियो आवाज समेत हुनुभएका बरिष्ठ सञ्चारकर्मी पन्त विगत १५ बर्षदेखी अनवरत रुपमा सञ्चार क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।
 
२०५७ माघ २ गतेबाट हेटौडा लाम्सुरेस्थित मनकामना एफ.एम ९२.९ मेगार्हजमा आफ्नो आवाजको सुरुवात गर्नु भएका पन्तले २०५८ साल कार्तिक २६ गते आईतबार चितवनको सिनर्जी एफ.एम बाट चितवनकै रेडियो ईतिहासमा आवाज दिने पहिलो व्यक्तिको रुपमा आफ्नो नाम लेखाउनु भएको थियो । 
 
सिने पत्रकारीताबाट रेडियोको यात्रा थाल्नु भएका पन्तले सिनर्जी एफ.एम हुदै राजधानीको स्टार एफ.एम , टाईम्स एफ.एम , बिरगञ्ज स्थित नारायणी एफ.एम पछि पुन चितवनको कालिका एफ.एममा आवद्ध हुनु भएको हो । 
 
सञ्चारक्षेत्र बाहेक पन्त साहित्यकार संगै गायक पनी हुनुहुन्छ । कविता संग्रह, गजल संग्रह लघुकथा संग्रह, स्मारीका सहित दर्जन बढी पुस्तकमा सम्पादन समेत गर्नुभएका पन्तले आफ्नो एकल सांगितिक एल्बम प्रमोसन समेत बजारमा ल्याईसक्नुभएको छ । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Anautho Satya

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award