अर्थ - वाणिज्य

देवघाट रामनगर पर्यटन मार्गको निर्माण प्रक्रिया शुरु
नारायण ढुंगाना  ४ पुस । चितवन , नवलपरासी र तनहुँलाई जोड्ने गरी देवघाट रामनगर धार्मिक पर्यटन मार्गको निर्माण प्रक्रिया शुरु भएको छ । 
 
 पवित्र तिर्थस्थल देवघाटबाट शुरु भइ ठिमुरा , रामनगर , हुँदै राजमार्ग निस्किएर नवलपरासीको गैंडाकोटबाट मौलाकालिका हुँदै पुन देवघाटमा जोडिन धार्मिक पर्यटन मार्गको निर्माण प्रक्रिया शुरु गरिएको हो । 
 
भौतीक योजना तथा निर्माण मन्त्रालयले सो मार्गका लागि २० लाख रकम उपलव्ध गराएपछि निर्माणको प्रक्रिया थालिएको देबघाट सप्तगण्डकी विकास तथा बातावरणणीय संरक्षण समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो । 
 
करिव ३० किलोमिटरको मार्गका लागि आधामात्रै नयाँ मार्ग निर्माण गर्नुपर्ने देखिएको छ । बाँकी मार्ग चालु अवस्थामै रहेको छ । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Lok Koseli

Started at: 10:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 11:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award