साहित्य

युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित
काठमाडौँ, ९ जेठ । युगकवि सिद्धिचरण प्रतिष्ठानले साहित्यकार प्रा. डा.अभि सुवेदीलाई आज युगकवि सिद्धिचरण पुरस्कार प्रदान गरेको छ । 
 
आज यहाँ आयोजित एक समारोहमा चार दशकदेखि नेपाली र अङ्ग्रेजी भाषामा कविता, समालोचना र नाट्य विधामा उल्लेख्य योगदान गरेवापत डा.सुवेदीलाई रु ५० हजार नगद सहित ताम्रपत्रले सम्मान गरेको हो । 
 
सो समारोहमा कलाकार रामेशले युगकविद्वारा रचित ‘बा आउनु भएको छैन’ र ‘मङ्गलमान’ कवितालाई गीतका रुपमा प्रस्तुत गर्नुभएको थियो भने एम्बिसन एकेडेमीकी कक्षा ४ कि छात्रा अनुज्ञा नेपालले  युगकविद्वारा नै पञ्चचामर छन्दमा रचित ‘परोपकार’कविता वाचन गरेकी थिइन् । 
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले तत्कालीन निरङ्कुस युगमा जनअधिकार खोसिएको अवस्थामा पनि युगकवि श्रेष्ठले समाजको प्रतिनिधित्व गरी देश र जनताको स्वाधीनताका लागि समाजलाई चेतना प्रदान गर्नुभएको बताउनुभयो । 
 
मन्त्री श्रेष्ठले सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाएर मात्र मिति घोषणा गर्नेमा जोड दिँदै सरकारले घोषणा गरेको मितिमा निर्वाचन गराएर छाडने दृढता व्यक्त गर्नुभयो । 
 
वरिष्ठ साहित्यकार श्यामदास बैष्णवको सभापतित्वमा भएको युगकवि सिद्धिचरण जन्म शताब्दी वर्ष समारोह समितिका अध्यक्ष मोदनाथ प्रश्रित, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, डा. अभि सुवेदी, युगकविका सुपुत्र रवीचरण श्रेष्ठलगायतले युगकविको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभयो ।
 
सो कार्यक्रममा  ‘युगकवि सिद्धीचरण एक सय एक कवि ः एक सय एक कविता’ शीर्षक कविता सङ्ग्रह विमोचन गरिएको थियो । देवी नेपालद्वारा सम्पादित सो सङ्ग्रहमा युगकवि  श्रेष्ठ, बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा,  राष्ट्रकवि माधव घिमिरे, बैरागी काइला, बुँद राना, श्यामदास वैष्णव, दुर्गालाल श्रेष्ठ, मञ्जुल, तोया गुरुङ, दिनेश अधिकारी, श्याम रिमाल, मोमिला,मणि लोहनीलगायतका समकालीन कविहरुले युगकविप्रति समर्पण गरी लेख्नु भएका कविता सङ्कलित छन् । 
 
यसैगरी  युगकवि श्रेष्ठको १०२ औँ जन्मजयन्तीको उपलक्ष्यमा नेपाल प्रज्ञा  प्रतिष्ठानको प्राङ्गणमा आयोजित  कार्यक्रममा युगकविको शालिकमा माल्यार्पण गरी उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरियो ।  
 
कार्यक्रममा मन्त्री  श्रेष्ठले युगकविले तत्कालीन समाजलाई स्वतन्त्र बनाउनका लागि साहित्यको माध्यमबाट सशक्त भूमिका खेलेको चर्चा गर्नुभयो । 
 
प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले युगकविका सिर्जनामा देशभक्ति तथा अन्याय विरुद्ध समाजलाई जागृत गर्ने सन्देश रहेको उल्लेख गर्नुभयो
 
प्रकृतिवादी तथा स्वतन्त्र छन्दमा साहित्य सिर्जना गरेका युगकवि श्रेष्ठले नेपाली तथा नेपाल भाषामा धेरै कृति रचना गर्नुभएको थियो । उहाँका विभिन्न कृति अङ्ग्रेजी भाषामा पनि अनुवाद गरिएका छन् । 
 
विसं १९६९ जेठ ९ मा ओखलढुङ्गमा जन्मेका श्रेष्ठको २०४९ जेठ २२ गते काठमाडौंमा निधन भएको थियो । रासस 
 

Post Comment

More साहित्य

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award