मनोरञ्जन

इएसडी फिल्म फेस्टिभल आयोजना हुने

   काठमाडौँ ३१ जेठ । ग्रामीण भेगका मानिसलाई श्रब्यदृश्य माध्यमको प्रयोगबाट वातावरण, शिक्षा  र दिगो विकासका बारेमा अनुभव साटासाट गर्ने उद्देश्यले नेपाल वातावरण पत्रकार समूहले काठमाडौँ बाहिरका विभिन्न पाँच वटा स्थानमा इएसडी ( वातावरण÷शिक्षा तथा दिगो विकास) फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ ।    श्रब्यदृश्य माध्यमको प्रयोगबाट सर्वसाधारणलाई जानकारी गराउने गरी आगामी असार ४ देखि १८ गतेसम्म इलाम, इटहरी, चितवन, बर्दिया र सुर्खेतमा चरणबद्ध फिल्म फेस्टिभल आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।    सोअनुसार इलाममा असार ४ र ५, इटहरीमा असार ६ र ७ , चितवनमा असार १० र ११ गते, बर्दियामा असार १४ र १५ र सुर्खेतमा असार १७ र १८ गते फिल्म फेस्टिभल आयोजना गरिने छ ।    फिल्म    फेस्टिभलमा नेपालभित्र र बाहिरसमेत बनेका नेपाली भाषाका फिल्महरू देखाइने छ, जसमा नेपाल, भारत, क्याम्बोडिया, लाओस, थाइल्याण्ड र फिलिपिन्समा बनेका वातावरण, शिक्षा र दिगो विकास विषयका छोटा गकुमेन्ट्री फिल्म समावेश गरिने जनाइएको छ ।

    प्रवेश निःशुल्क गरिएको फेस्टिभलबाट मानिसहरूले प्रयोगात्मक शिक्षा, फोहर व्यवस्थापन, संरक्षण, विवाद समाधान, महिल अधिकारजस्ता विषयमा जानकारी पाउन सकिने तथा शिक्षाको माध्यमबाट वातावरण संरक्षण र दिगो विकासमा कसरी टेवा पुग्छ भन्ने सन्देश फेस्टिभलबाट दिने आयोजकको अपेक्षा छ ।दिगो विकासका कामलाई सबैले बुझुन् र एक ठाउँमा भएका सफल र उदाहरणीय कामहरू अन्यत्रका मानिसहरूले पनि हेर्न सकुन भन्ने उद्देश्यले फिल्म फेस्टिभल आयोजना गरिएको फिल्म फेस्टिभलका निर्देशक तथा वातावरण पत्रकार समूहका श्रब्यदृश्य विभाग प्रमुख सुशील मैनालीले बताउनुभयो ।    वातावरण शिक्षा र दिगो विकास जस्त विषयहरू सबैका सामु पु¥याउने र सबैले यो विषयमा छलफल गरिरहुन भन्ने लक्षलाई मध्यनजर गर्दै यस्ता फिल्म फेस्टिभल आगामी दिनमा देशका अन्य स्थानहरूमा पनि सञ्चालन गरिने उहाँले बताउनुभयो ।पत्रकार सम्मेलनमा वातावरणीय क्षेत्रमा काम गर्ने संस्था अक्सफमका प्रतिनिधि सन्ध्या श्रेष्ठले वातावरण र दिगो विकाससम्बन्धी भएका क्रियाकलापलाई साटासाट गर्न फिल्म फेस्टिभल उपयोगी हुने भन्दै यसले लुकेका राम्रा प्रयास र अभियानलाई बाहिर ल्याउन मद्दत पुग्ने बताउनुभयो । रासस

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Hit The Beat

Started at: 15:10 HRS

Up Next

Hamro Bhaka

Starts at: 16:05 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event