मनोरञ्जन

चिनमा मनायो ‘वजरंगी भाईजान’ले होली, पहिलो दिनको कमाईले नै ‘दंगल’ लाई जित्यो चिनमा मनायो ‘वजरंगी भाईजान’ले होली, पहिलो दिनको कमाईले नै ‘दंगल’ लाई जित्यो
फाल्गुण, २० । 
होलीको अवसरमा चिनमा रिलीज भएको सलमान खानको चलचित्र ‘वजरंगी भाईजान’ ले सफलता हासील गरेको छ ।
 
सो फिल्मले उत्कृष्ट ओपनिंग गर्दे आमिर खानको चलचित्र ‘दंगल’ लाई पछि पारेको छ । २ मार्चमा चीनमा १७०० स्क्रीनमा ‘वजरंगी भाईजान’ रिलीज भएको थियो । सलमान खानकोे यस चलचित्रलाई चीनीया दर्शकहरुले राम्रोसंग स्वागत गरेका छन् । निर्माताहरुले दावा गरे अनुसार फिल्मले २.८ मिलियन डलर तथा भारतीय १८.४करोड रुपैया ओपनिंग गरेको छ । चिनिया बक्स अफिसमा नया फिल्म रिलीज भएपछि ‘वजरंगी भाईजान’ टप १० मध्ये सातौं स्थानमा पर्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
 
ओपनिंगको डाटा अनुसार ‘वजरंगी भाईजान’ले आमिर खानको ‘दंगल’लाई पछाडी पारेको छ । ‘दंगल’ले १४.६७ करोडको आपनिंग चीनीया बक्स अफिसमा गरेको थियो । चीनीया बक्स अफिसमा ‘दंगल’ले करीव १२ सय करोडको ब्यापार गरेको थियो । भने आमिर खानकै पछिल्लो समय रिलीज भएको फिल्म ‘सीक्रेट सुपरस्टार’ले चिनमा ४३.३५ करोडक शरुवात गरेको थियो ।  र ७ सय ६० करोडको कारोवार गरेको थियो ।   
 
करिव खान द्धारा निर्देशित चलचित्र ‘वजरंगी भाईजान’ भारतमा सन २०१५ मा रिलीज भएको थियो । र ३२० करोड कमाउदै त्यस वर्षको सबै भन्दा उत्कृष्ट बलिउड चलचित्र बन्न सफा भएको थियो । छ वर्षीय पाकिस्तानी वालिकालाई उसको देश पर्याउन जाने काहानीमा आधारीत फिल्मा हर्षाली मलहोत्रा, करीना कपुर, नवाजुद्धिन सिद्धी लगाएत कालाकारहरुको भुमीका रहेको छ ।

चिनमा मनायो ‘वजरंगी भाईजान’ले होली, पहिलो दिनको कमाईले नै ‘दंगल’ लाई जित्यो

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award