मनोरञ्जन

पधमावतीबाट हारे मस्तानी, अर्को एक रेकर्डको नजिकिदै पधमावत पधमावतीबाट हारे मस्तानी, अर्को एक रेकर्डको नजिकिदै पधमावत
माघ, २४ । 
दीपिका पादुकोण, रणवीर सिंह र संजय लीला भंसालीको संयोजनले बक्स अफिसमा आफ्नै एक रेकर्ड तोडदिएको छ । उनको फिल्म पद्यमावतले घरेलु बक्स अफिसमा दोस्रो शनिवार सम्म बाजीराओ मस्तानिको लाईफ टाईम कलेक्सनको कमाईलाई पछाडि पारिदिएको छ ।
 
पद्यमावतले रिजील भएको १०औ दिनको एकैदिनमा भारतीय १६ करोड रुपैया आम्दानी गरेको छ । फिल्मले मंगलवार सम्ममा भारतीय १ सय ९२ करोड ५० लाख रुपैया आम्दानी गरेको भारतीय सञ्चार माध्यम जागरणले जनाएको छ । यस संगै पद्यमावतले भंसालीको नै फिल्म बाजीराव मस्तानीको लाईफ टाईम कलेक्सन १ सय ८८ करोडलाई पछाडी पारिदिएको छ । पद्यमावतले दोस्रो आईतवार सम्म करीव १८ करोड भारतीय रुपैया हुने अनुमान गरेको छ ।
यद्यपीयसको जानकारी भने अहिले सम्म आईसकेको छैन । अनुमानीत रकम जम्मा भयो भने फिल्म २ सय करोडको क्लवमा पुग्छ । यस्तो भएमा चलचित्र पद्यमावत बक्स अफिसमा २ सय करोड कमाउने १५औं चलचित्र हुने छ । जसले २ सय करोड भारतीय रुपैया कलेक्सन गरेको छ । वास्तवमा करणी सेना सहित बिभिन्न संगठनहरुको बिरोधका कारण शुरुमा केहि सहरहरुमा चलचित्रहलहरुले शो रद्ध गरीदिएको थियो ।
 
र मानिएको छ की सो कारण करीव ५० करोड घाटा परेको छ । यदि विना विवाद मा सो फिल्म रिलीज भएको भए उक्त चलचित्रले २० करोड  भारतीय रुपैया कमाउन सक्थ्यो । 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award