मनोरञ्जन

​ यशराज स्टुडियोमा आमामी फिल्मको सुटिङ् गदैछिन काजोल ​ यशराज स्टुडियोमा आमामी फिल्मको सुटिङ् गदैछिन काजोल

माघ, १२ । 

भारतीय चलचित्र नायक धनुश संग भर्खरै तमिल फिल्ममा देखीएकी नायीका काजोललाई लिएर लामो समय देखि खवर आएको थियो की उनिहरु छिट्टै हिन्दी फिल्मको सुटिंग गर्दै छन् । र अव त्यो समय आईपनि सकेको छ । हजुर खबर यो छ कि काजोलले आफ्नो नया फिल्म ''ईला''को सुटिंग शुरु गरेको छ । 

यद्यपी अहिले यस चलचित्रको शिर्षक भने तय भईसकेको छैन । ''ईला''अहिलेको लागी कामगर्ने टाईटल मात्रै रहेको भारतीय सञ्चार माध्यम जागरणले जनाएको छ । खवर यो पनि छ की काजसको उक्त चलचित्रको शुटिंग गत बुधवार देखि शुरु भएको छ । 

खवरको अनुसार फिल्मको शुटिंग उतकृष्ट रुपमा पुजापाठ गरी शुरुवाती गरेको छ । जसमा चलचित्रकर्मी लगाएत निर्माणकर्मीहरको सहभागीता रहेका थिए । पुजा पश्चात काजोलले पहिलो टेक लिएको बताईएको छ । जसमा उनले आफ्नो घरभा फर्कीएको सिन गरेको छ । 

यो एक कमेडी चलचित्र हुने छ र यसको निर्माण काजोलका पति तथा नायक अजय देवगानले नै गर्ने छन् । भने चलचित्रलाई निर्देशन प्रदिप सरकारले गरेका छन् । सो फिल्मको शुटिंग यशराज स्टुडियोमा हुदै छ । र लामो समय पश्चात काजोल यशराज फिल्म्सको स्टुडियोमा शुटिंग गरिरहेको छ । 

स्मरण राहोसकि काजोलको फिल्म''दिलवाले दुल्हनिया ले जायंगे'' यशराज फिल्म्सको नै देन हो । र उनको जिवनको महत्वपुर्ण फिल्म मध्ये सो फिल्म पनि एक हो । सो चलचित्रमा काजोल र शाहरुख खानको जोडीलाई दर्शकले खुबै मन पराएका थिए । त्यस पश्चात ति जोडीलाई धरै फिल्ममा देखिरहेको थियो ।

अहिले निर्माण हुदै गरेको''ईला'' को भने प्रदर्शनी समय तोकीएको छैन । 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Feed Back

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award