मनोरञ्जन

सैफ बाट जान्नुस उनकी श्रीमती करीनामा के छ खास सैफ बाट जान्नुस उनकी श्रीमती करीनामा के छ खास

बलीउडका नायक सैफ अली खानको श्रीमती करीना कपुर खानको गुणहरुको बारेमा बताएका छन् । सैफको भनाई छ की करीनामा समयको ब्यवस्थापन गर्ने क्षमता रहेको छ । भने  स्वास्थ्य र अनुसासनके गुणस्तर रहेको छ । सैफ अली खानको आउदै गरेको चलचित्र कालाकाडीको रिलीज केही दिनमै हुदै छ ।

सो चलचित्रको बारेमा कुराकानी गर्ने क्रममा पत्रकारहरुले करीनाको बारेमा सोधेका जवाफमा सैफले यस्तो जवाफ दिएको हो । आईएएनएसले दिएके जानकारी अनुसार सैफले भनेका छन् की करीनामा समयको ब्यवस्थापन, फिटनेश र ब्यवस्थापनको गुणहरु रहेको छ । यस्तै सैफले आफ्नो छोरी सारा पहिले बाटै नायीका बन्न चाहेको बताउदै यो राम्रो सोच रहेको पनि बताए । 

साथै उनले आफ्नी छोरी चलचित्र क्षेत्रमा नयाँ अनुहार भएको भन्दै राम्रो सल्लाह समेत दिएका थिए । सारा केदारनाथ चलचित्रबाट डेब्यु गर्दे छिन् । सैफले बताए “मैले सारालाई तिमि ईमान्दार छौं र आफ्नो भीत्र के क्षमता छ त्यो खोज्ने कोसीस गर जुन कुरा अरुमा हुदैन ।

हामी यस प्रोफेसनमा बच्चाहरुको चिन्ता गर्छौ कीनकी त्याहा धेरै नाटक हुन्छ । त्यसैले मैले चाहेको थियो की उनि नर्मल जब गरुन । कीनभने सारा एउटा उत्कृष्ट बिद्यार्थी हुन् ”। 

 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award