मनोरञ्जन

​श्रीदेवी र बोनी कपुरले छोरी जाहन्वी र उनको हीरो ईशान संगै हेरे फिल्म (तस्विर सहित) ​श्रीदेवी र बोनी कपुरले छोरी जाहन्वी र उनको हीरो ईशान संगै हेरे फिल्म (तस्विर सहित)

कुनै बेला भारतकी चर्चित रहेकी नायीका श्रीदेवी र उनका पति बोनी कपुरकी छोरी जाहन्वी आजभोली आफ्नो डेब्यु फिल्म धड्कुका कारण चर्चामा आईरहेको छ । उक्त फिल्ममा जाहन्वीको साथमा वलीउडका नायक शाहिद कपुरको भाई ईशान खट्टर रहेका छन् । र पछिल्लो समय सो फिलमको शुटिंग उदयपुरमा भईरहेको थियो । वर्तमान समयमा उनिहरु शुटिंग बाट ब्रेक लिएर मुम्बईमा बसेका छन् । 

बुधवार बेलुकी जुन तस्विर सार्वजनिक भएको छ त्यसमा बोनी कपुरसँग श्री देवी, जाहन्वी र ईशान पनि दखिएको छ । बास्तवमा खवर यो रहेछकी उनिहरु सबै मुम्बईको एक चलचित्रहलमा फिल्म हेर्न गएका थिए । स्मरण रहोस्की यस अघि पनि फिल्म हेर्नको लागी यी ४ जना एकै साथ रहेका थिए । पहिलो तस्विरमा तपाईहरु जाहन्वी कपुरलाई हेर्न सक्नुहुन्छ । 

यो महत्वपुर्ण छ कि फिल्म निर्माता करण जोहरले फिल्म धड्कु बाट श्रीदेवीकीे छोरी जाहन्वी र ईशानलाई बलीउडमा शुरुवात गराउदैछन् । शशांक खेतानको निर्देशनमा बन्न लागेको धड्कु फिल्म मराठी ब्लाकबस्टर सैराटुको हिन्दी रीमेक हो । 

यद्यपि, श्रीदेवीको कुरा गर्ने हो भने उनले जव आफ्नो करीयर शुरु गरेका थिए तव उनकी आमा एक बलियो सहारा बनेर सधै उनको साथमा रहिरहन्थिन् । त्यसैले होला सायद यहि कोसीस श्रीले पनि अहिले आफ्नो छोरीको लागी गरिरहेकी छिन् । भने पीता बोनी कपुरले पनि शुरुवाती बाट नै छोरीको तयारीप्रति ख्याल गरिरहेका छन् । 


तपाईहरु हेर्न सक्नुहुन्छ श्रीदेवीको परीवारसंगै ईशान खट्टर पनि थिए । धड्कु जाहन्वीको पहिलो चलचित्र हो भने ईशान यस अघि पनि बिहाईण्ड द क्लाउड्समा अभिनय गरीसेका छन् । 

स्रोतका अनुसार, फिल्मका निर्माता करण जोहरले नयाँ वर्षमा यी दुई स्टार किड्सको लागि ह्दय छुनेखालको नोट लेखेका छन् । जसमा उनले भनेको छ यो नयाँ साल हो र यसको मतलव नया हुरुवात र नया सम्बन्ध र लक्ष्यको समय हो । तिमिहरु फिल्म क्षेत्रमा एक नयाँ शुरुवात गर्न गईरहेका छौं । र तिमीहरुरु लाई याद दिलाउन चाहन्छु तिमीहरु आफुलाई गम्भीर बनाएर राख्नु र हरेका नया अनुभव प्राप्त गर्नु किनभने करियरको यस्तो शुरुवाती दिन फेरी फर्केर आउदैन् । एजेन्सी

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award