मनोरञ्जन

१३ औं कालीका म्युजिक अवार्ड–२०७४ को–को ले प्राप्त गरे नामावली सहित १३ औं कालीका म्युजिक अवार्ड–२०७४ को–को ले प्राप्त गरे नामावली सहित
केदार शर्मा,कालिका
असोज २६ । कालीका एफएम प्रालिले आफ्नो १५ औं बार्षिकोत्सव अवसरमा पारेर बिहीबार १३ औं कालीका म्युजिक अवार्ड–२०७४ वितरण गरेको छ । गैडाकोटमा रहेको नारायणी रिसोर्टमा आयोजित भव्य समारोहका बीच अवार्ड बितरण गरिएको हो । 
म्युजिक अवार्ड बितरण अन्र्तगत पप गीत संगीत संयोजन बिधामा हिमाल सागर, महिलातर्फ सर्वोत्कृष्ट गायिका टिका प्रसाई, पुरुषतर्फको सर्वोत्कृष्ट गायक हेमन्त राना, सर्वोत्कृष्ट गीतकारतर्फ योगेन्द्रमणी दाहाल, सर्वोत्कृष्ट पप ब्यान्ड तर्फ नाईन्टिन सेबेन्टीन फो एडीले अवार्ड जित्न सफल भएको छ । त्यस्तै आधुनिक गीत बिधामा सर्वोत्कृष्ट गायक युवराज चौलागाँई, सर्वोत्कृष्ट गायिका सत्यकला राई, संगित संयोजनतर्फ राजकुमार बगर, सर्वोत्कृष्ट शब्दतर्फ एकनारायण भण्डारीले अवार्ड जित्नु भएको थियो । 
 
यस्तै, नेपाली चलचित्र बिधामा सर्बाेत्कृष्ट गायक सुगम पोख्रेल, सर्वोत्कृष्ट गायिका मेलिना राई,  संगित संयोजनतर्फ दीपक शर्मा, सर्वोत्कृष्ट शब्द शान्ति प्रियाले कालीका एफएम अवार्ड प्राप्त गर्नु भयो ।  त्यस्तै लोक दोहोरी बिधामा सर्वोत्कृष्ट गायक राजु परियार, सर्वोत्कृष्ट गायिका देबि घर्ति मगर, सर्वोत्कृष्ट धुन सिरिष देबकोटा, सर्वोत्कृष्ट शब्द रमेश बिजी, स्थानीय लोक दोहरी सर्वोत्कृष्ट कलाकारतर्फ लक्ष्मी दाहालले अवार्ड जित्नु भएको थियो । 
 
सर्वोत्कृष्ट गजल बिधातर्फ राज सागर र शीतल कादम्बीनी, सर्वोत्कृष्ट म्युजिक भिडियोतर्फ निकेश खड्का, सर्वोत्कृष्ट राष्ट्रिय गीततर्फ राजेन्द्र बजगाँई, सर्वोत्कृष्ट युगल गायनतर्फ राजनराज सिवाकोटी र अञ्जु पन्त, बर्ष भरीको सर्वोत्कृष्ट गीतको तर्फको अवार्ड कुटुमा कुटु गीतबाट राजनराज सिवाकोटीले प्राप्त गर्नु भयो ।
मध्य नेपालको उत्कृष्ट गायकतर्फ मनोज महतो,  उत्कृष्ट संगीत संयोजनतर्फ महाराज थापा र सर्वोत्कृष्ट नव प्रबेसीतर्फ मिरा कार्कीले यस बर्षको कालिका एफ एम म्युजिक अवार्ड प्राप्त गर्नु भएको छ । म्युजिक अवार्ड वितरण कार्यक्रममा उपस्थित कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति समेत प्रस्तुत गर्नु भएको थियो ।
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 03:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award