मनोरञ्जन

२ बर्ष पछि फर्किए राजु परियार साँगितिक क्षेत्रमा हराउनुको कारण यस्तो २ बर्ष पछि फर्किए राजु परियार साँगितिक क्षेत्रमा हराउनुको कारण यस्तो
केदार शर्मा, कालिका
असोज २४ । नेपाली लोकदोहोरीमा ठुलै साम्राज्य बनाएका राजु परियार नाटकीय रुपमा उनको करिअर चम्किदाचम्किदै एकाएक निभ्यो । त्यो साम्राज्यबाट उनलाई कसैले फेदीमा हुत्याएको होइन, आफैं पछाडी हटेका हुन् । त्यो साम्राज्यबाट पछाडी हटेका राजु लामो अन्तरालपछि फेरि आफूलाई ब्यूझाँउने प्रयत्न गर्दै बजारमा आएका छन । के अब राजू फेरि त्यो शिखर चुम्न सक्लान् त सबैको मनमा यो प्रश्न उठि सकेको होला ।  
कुनपापीले छोड्दियो जात बनाई
पानी पनि नचल्ने हात बनाई
रुमाल धोको छु,
यो खोलीको पानी कोही नखानु मैले छोको छु ।
 
गाउँघरमा हुँदा छुवाछूत यिनले पनि खेपे । अरु दलितले जस्तै पीडा यिनले पनि भोगे । गायक भएपछि उनले ‘सुनपानीले छर्क मायालु’ र ‘रुमाल धोको छु’ गीतबाट पीडा पोखे । तर जब उनी चर्चित बने उनलाई अरुले गर्ने व्यवहार फेरियो । उनी गाउँ(गाउँका कार्यक्रममा पुग्थे । कहींकतै उनलाई विभेदमा परेको महसुस भएन । अहिले उनलाई सबैभन्दा पहिले दलित भन्ने शब्दको अन्त्य गरिदिए हुन्थ्यो भन्ने लाग्छ । भन्छन्, ‘यहाँ कोही दलित छैन, सबै मान्छेले बनाएका हुन् ।’
समाजलाई गाली गर्नुभन्दा पनि दलित शब्दभित्र घेरिएका मान्छेलाई गाली गर्न उचित लागेर उनले गीत नै ल्याएका छन्, ‘आफै राम्रो बन तिमी आफै राम्रो बन, हेपिए थिचिए भन्दै नभन ।’ यद्यपि ‘सुनपानीले छर्क मायालु’ र ‘रुमाल धोको छु’ गीतले समाजलाई केही दिन सकेको र गर्व गर्नलायक सम्झन्छन् उनी ।
लमजुङको गाउँसहरबाट युरोपका अधिकांश देश, खाडी, अस्टे्रलिया, हङकङ, सिंगापुर, मलेसियासम्म गीतसंगीतले र्पुयायो उनलाई । आफूले गीतसंगीत बुझेकै विदेश गएर हो भन्छन् उनी । संगीतिक प्रस्तुतिकै क्रममा राजु पहिलोपटक नेपाल बाहिर बहराइन पुगेका थिए । उनले ‘बाई(बाई माया छड्के सलामी, एकैचोटि हुने भो निरमाया तिम्रो जन्ति मेरो मलामी’ बोलेको गीत गाए । कार्यक्रम हेरेर बसेकामध्ये तीन(चारजना युवा डाँको छोडेर रोए । माहोल नै भावुक बन्यो । उनले गीत सुनेर मान्छे रोएको पहिलोपटक देखे । राजु भन्छन्, ‘त्यतिबेला बल्ल बुझेँ गीतसंगीत के रहेछ भन्ने ।’
हामीले चितवनका कालिका एफमा भेटेर केही कुराकानी गरेका छौ त्यै कुराकानीको आधारमा तयार पारेको यो थप सामाग्री अबको क्रममा ।
 
यो बीचमा तपाँई कहाँ बरालिनु भायो?
गाएक राजुले आफ्नो जिन्दगी पहिले जुन लयमा थियो आज पनि त्यही लयमा हिँडेकोजस्तो लागेका छ। त्यसो भए यो बीचमा रेस्ट लिएको हो कतै बरालिएको छैन । बास्तबिक लोकगीतकोे खोजीमा देश विदेशमा दौडने क्रममा यसो हुन गएको हो ।
 
बास्तबिक लोकगीत कति भेट्नु भयो त ? 
बास्तबिक लोकगीत मैले भेटाउन सकिन अब म आँफैले बास्तबिक लोकगीतलाई बजारमा ल्याएर आँउछु ।
 
अबको कलाकारको बाँँच्ने आधार के, सिआरबिटी पिआर बिटी त जाँदैन ?
पक्कै पनि निकै राम्रो प्रश्न उठाउनु भयो केदारजी पछिल्लो समय पहिलेको जस्तो सिडी सँगै सिआरबिटी पिआरबिटीको जमाना त छैन । अब कलाकार गीत बाट पुरै बाँच्न सक्ने अबस्था छैन भनेर म भन्दीन कलाकारहरुले गीत निर्माण गर्दा क्वालिटी र क्वानटिटीलाई ख्याल गरेर गाउने हो । अनि स्टेजबाट बाँच्ने हो । तै पनि पहिले गीत गाएर घरनै ठडाएकाहरुलाई जस्तो अहिले त्यती राम्रो छैन गीत संगति फेरि मैले त्यती राम्रो छैन भनि रहँदा नयाकलाकारहरु भाई बहिनीले यसो भनो नभन्नु म यत्ति भन्छुकी गीत संगित बुजेर मात्र आउनु होला । 
 
अब जुर्मुराए पछिको बाटोको पहिलो पाहिला कता? 
पहिलो कुरा त म हराएको भनेर भन्न मिल्दैन थकाई मारेको हो । त्यै पनि अबको यात्रा भनेको बिसाई मारे पछि पहिलो कोशेरली दशै गीत बजारमा ल्याई सकेको छु । अब मेरो पाहिला ठ्याक्कै भन्नु पर्दा बास्तबिक लोकदोहरी खोजीमा हुन्छ । र म यो पनि भन्न चाहान्छुकी तपाँईहरुले अब बास्तबिक लोकगीतलाई सुन्न पाउनु हुन्छ ।
तपाँई निदए पछि तपाँईको बिकल्पमा आएका कलाकारको शिर्जना कस्ता पाउनु भयो  । हुन त बास्तबिक लोकगीत भेटिन भनि रहनु भएको छ ?
पहिलो कुरा त म पुनरागमन भएको कुराले  आफन्त, शुभचिन्तक, लोक गीतप्रेमी हौंसिएका छन् । राजु पनि पुनः स्टुडियोदेखि स्टेजसम्म छाउने सुरसारमा छन् भन्ने धेरैको मुखार बिन्दुबाट सुनेको छु । 
हो मेरो अनुपस्थितिमा धेरै गायक जन्मिए । केहीलाई राजु मेरै विकल्पका रुपमा हेरियो । यसबीचमा धेरैजना ठट्टैठट्टामा यो क्षेत्रमा आएको देखे । ‘टेलिभिजनमा अनुहार देखाउनु मात्रै ठूलो कुरा होइन,’  ‘वर्षको एउटा होस तर उत्कृष्ट होस  । त्यसैले त म स्यम झलकमान गन्धर्व, बिमाकुमारी दुरा, हरिदेवी कोइरालाका सदावहार गीतलाई ‘मिस’ गर्दै छु ।
 
कलाकारितामा आउन रत्यौलीदेखि दोहोरी साँझसम्म
गीतसंगीतमा उनको सानैदेखिको लगाव हो । गाउँको हावापानी नै गीताङ्गे थियो । आठ नौं वर्षको उमेरदेखि नै उनी रोधी धाउन सुरु गरेका हुन् । साथीभाइको संगतमा सत्यनारायण पूजा, रत्यौलीमा गीत गाउन पुगिहाल्थे उनी । ‘रत्यौलीमा केटाहरुलाई अनुमति थिएन,’ उनी सम्झन्छन्, ‘केटीको जस्तो स्वर थियो मेरो सानोमा । आमाको लुङ्गी ओढेर रत्यौलीमा भाग लिन्थेँ ।’
वल्लो गाउँ, पल्लो गाउँ विवाह(वर्तन हुने वित्तिकै उनी पुराना हात्तीछाप चप्पल बटुल्नतिर लाग्थे । बेलुका घरमा सबै सुतिसकेपछि साथीभाई बटुल्थे र ती चप्पल दाउरामा उनेर बाल्थे । त्यसैको उज्यालोमा ३(४ घन्टा टाढाको गाउँसम्म दोहोरी गाउन पुगेका छन् उनी । टर्च लाइट नहुँदाको बाध्यता थियो त्यो । विहान आमा उठ्नभन्दा पहिले नै घरमा आइपुग्नुपथ्र्यो । गाउँकै देवीबहादुर गुरुङ, धनबहादुर गुरुङ र उनकै दाइ रामबहादुर परियारले गीत गाउन हौस्याइरहन्थे उनलाई । त्यतिखेरका उनका साथीभाई कोही विदेशमा छन्, कोही लाहुरे भए, कोही खाडीमा छन् ।
गाउँसहरबाट २०५६ सालमा काठमाडौं झर्दा उनी लोर्के ठिटो थिए । राजु कामको खोजीमा काठमाडौं छिरेका थिए । उनी एक साँझ सुन्धाराको गल्लीतिर बरालिँदै थिए । एउटा गल्लीमा कता(कता मादल बजेको आवाज आयो । राजुले भने, ‘कहाँ होला यो मादल बजेको भनेर सुन्दै जाँदा पुकार दोहोरी साँझ रहेछ ।’ पुकार नेपालकै पहिलो दोहोरी साँझ हो ।
उनी गेस्टको रुपमा दोहोरी साँझ छिरे । एउटा कोक लिएर बसे । ‘मलाई पनि गाउन मन लाग्यो, मैले गाउन पाउँछु कि पाउँदिन भनेर साधेको अडियन्सले पनि गाउन पाउँछ भनेर भन्नुभयो,’ विगत सम्झिँदै उनले सुनाए, ‘एउटा गीत मात्रै के गाएको थिएँ, साहुजी मुक्त गुरुङले गुरुङ भाषामा तिमी यहीं बस्न र्पयो भन्नुभयो । मलाई त्यहाँभन्दा ठूलो कुरा के हुन सक्थ्यो र !’
त्यहींबाट सुरु भएको हो उनको औपचारिक दोहोरी यात्रा । पुकारमा तीन वर्ष काम गरे । त्यसपछि दोभान दोहोरी साँझमा दुई वर्ष दोहोरी गाए । दोभानमा हुँदा शिला आलेसँग उनको खुब जोडी जम्यो । राजु र शीलाको दोहोरी घम्साघम्सी सुन्न टाढा टाढाबाट दर्शक आउने गर्थे । दोभानमा दोहोरी गाउँदा गाउँदै उनले पहिलो गीत रेकर्ड गरे, ‘किसिमकोटमा चरी नाचेको’, जुन राम्रै चल्यो । त्यसपछि सुरु भयो उनले चर्चित गीत दिने शृंखला । उनले गाएका फुलमा भमरा, मौरी फूलमाथि, मिर्मिरेको घाम, लमजुङ जाने दाई, लालुपाते नुह्यो भुइँतिर, धोका दिनेलाई के भनौं र खोई लगायत सयौं गीत चर्चित बने ।
करिब ७(८ वर्ष रेडियो, टेलिभिजन, बस, ट्रक, मेला महोत्सव, दोहोरी साँझ राजुमय बन्यो । उनले नाम र दाम दुबै कमाए । दिनमा १७ वटासम्म गीत रेकर्ड गर्थे । दिनमै डेढ लाख रुपैयाँसम्म कमाएका थिए उनले । घरका दराज अवार्डले भरिएका थिए ।
 
ओरालो लाग्नुको बास्तबिक कारण
शिखर चढेपछि झर्नुपर्ने चलिआएको नियम उनमा पनि लागू भयो । आफ्नै कारणले ओरालो यात्रा सुरु भयो । परिवारिक झमेला पनि उनको प्रगतिको बाधक बन्यो । त्यसपछि हो उनी विरक्तिन थालेको ।
त्यसपछिका केही वर्षमा उनी सार्वजनिक कार्यक्रममा देखिन छाडे । गीत पनि फाट्टफुट्ट मात्रै रेकर्ड गर्न थाले । विस्तारै गायबै भए । उनी कहाँ छन्, के गर्दैछन् भन्ने उनी नजिककैलाई पनि थाहा भएन । अनेक आशंका गरियो । उनको स्वरका पारखी भने चिन्तित बने ।
अहिले उनको पुनरागमन भएको छ । गीत रेकर्ड गराउन थालेका छन् । भ्याएसम्म मेला महोत्सव पुग्छन् । श्रीमती, एक छोरा र एक छोरीसँग हाँसीखुसी जीवन बिताइरहेका छन् ।
 
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award