- ढुगां गिट्टिको ठेक्का खारेजीको माग गर्दै अख्तियारमा उजुरी |
- धारामा धमिलो पानी |
- मंसिरमा चुनाव गराउन कुनैपनि शक्तिले रोक्न सक्दैनः खनाल |
- कलाको नयाँ विधा ःचुरा कला |
- बीस दिनदेखि खुला आकाशमुनि विद्यार्थी |
- एमाले नेत्री अर्याल र अभिनेत्री थापा एमाओवादीमा प्रवेश |
- मोटरसाइकलबाट खसेर एकको मुत्यु |
- दुर्घटनामा एकको मृत्यु |
- अवैध रुपमा सञ्चालित बिद्यालय प्रहरी लगाएर बन्द गरिदै |
- चुरे संरक्षण कार्यक्रम सफल बनाउन राष्ट्रपतिको आग्रह |
- एउटै नम्बर प्लेटका दुई मोटरसाइकल भेटियो |
- सरकारले अविलम्व चुनावको मिती घोषणा गर्नुपर्छ– डा महत |
- फेसबुकमा युवतीलाई ३ पटक सम्म फ्रेन्ड रिक्वेस्ट पठाए जेल जाने निश्चित |
- चरित्र माथि संका गर्दै श्रीमतीको गुप्ताङ्गमा ताला लगाउँदा....... |
- राजस्थानलाई हराउदै सनराईर्जस विजयी |
- विवाहित दाजु र अविवाहित बहिनि बिच प्रेम, परिणाम ........................ |
- मोटोपनको निर्धारण गर्न पेट भित्रको जिवाणुले गर्छ |
- दोहोरो नागरिक भएको फेलापरेपछि रोक्किएको नागरिकताको सिफारिस फेरि सुरु |
- ग्रामिण क्षेत्रमा नजानेहरुलाई बैंकिङ तथा वित्तिय कारोवारको इजाजत दिईन्नः गर्भनर |
- ताप्लेजुङमा लक्षित वर्गका रकम नियम विपरित खर्च ।। |
विचार - विश्लेषन - फिचर
विपन्न समुदाय लागुऔषधतर्फ उन्मुख
कञ्चनपुर, १७ असार ।
दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने व्यक्तिहरु पछिल्लो समय लागुऔषध प्रयोगतर्फ उन्मुख भएको पाइएको छ ।
शारीरिक थकान मेटाउन विपन्न समुदायका व्यक्तिले लागुऔषध सेवन गर्ने गरेका हुन् । पहिला धनीमानीका छोराछोरीले मात्रै लागुऔषध सेवन गर्ने कुरा आउँथ्यो, अहिले त्यस्तो छैन लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि क्षति न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको कञ्चनपुरमा कार्यरत गैरसरकारी संस्था फेथका कार्यक्रम संयोजक नवराज पाण्डेयले भन्नुभयोे, ‘लागुऔषध सेवन गर्नेमा मजदुर, पेन्टर र रिक्साचालक देखिएका छन् ।’
उनीहरुले दिनभरको शारीरिक थकान मेटाउनका लागि सुइद्वारा लागुऔषध सेवन(आडियुस) गरेको भेटिएको संयोजक पाण्डेयले बताउनुभयो ।
क्षति न्यूनीकरण कार्यक्रम सुरु गरिएको एक महिनामा ४३ जना दुव्र्यसनी संस्थाको सम्पर्कमा आएका छन् । दैनिक संस्थासित परामर्श लिने उनीहरु १४ वर्षदेखि ४५ वर्षसम्मका छन् । उनीहरु भीमदत्तनगर बजार क्षेत्र र पूर्व–पश्चिम राजमार्ग क्षेत्रका दैजी, सुडा, कृष्णपुर, झलारी र पिपलाडीका हुन् ।
फेथका आउटरिच वर्कर सुरेश खड्काले लागुऔषध प्रयोगकर्ताले टिडिजिसी, फेनारगन, लुविसिसी औषधिलाई सुइद्वारा प्रयोग गर्ने गरेको बताउनुभयो । लागुऔषध प्रयोगकर्ताले बजार क्षेत्रमा गोप्यरुपमा सञ्चालन भइरहेका अवैध लागुपदार्थ औषध बिक्रेताबाट दुव्र्यसनीले रु १०० देखि रु २०० मा लागुऔषध किन्ने गरेको बताइएको छ ।
बजारमा चार—पाँच वटासम्म यस्ता बिक्रेता रहेको जनाइएको छ । उनीहरुले भारतबाट अवैध रुपमा लागुऔषध ल्याएर बेच्ने गरेका छन् । उहाँले भन्नुभयो, ‘पछिल्लो समय लागुऔषध बेच्नेसमेत आफैँ सेवन गर्ने थालेका छन् ।’ लागुऔषध किनेपछि पैसा हुनेले मेडिकलबाट र अन्यले अस्पतालमा फालिएका सुइ प्रयोग गरी लागुऔषध लिने गरेको पाइएको छ ।
‘एकै सुइ र फालिएका सुइद्वारा लागुऔषध प्रयोग गर्दा गम्भीर समस्या देखिन्छ’ कार्यक्रम संयोजक पाण्डेयले भन्नुभयो, ‘त्यसैले क्षति न्यूनीकरण गर्नका लागि नयाँ सुइ दिने गरेका छौँ ।’ लागुऔषध प्रयोगकर्ताले दैनिक ४०–५० सम्म सुइ कार्यालयबाट लिने गरेका छन् । ‘हामीकहाँ आउनेलाई क्षति हुनबाट जोगाउन सुइ प्रदान, परामर्श र प्राथमिक उपचार गरेका छौँ’ उहाँले भन्नुभयो ।
अहिलेसम्म सम्पर्कमा आएका ४३ जनामध्ये अधिकांशको स्वास्थ्य अवस्था चिन्ताजनक अवस्था देखिएको संस्थाले जनाएको छ । यसअघि असहाय सेवा सङ्घले जिल्लामा २६० जना लागुऔषध प्रयोगकर्ता भेटाएको थियो । कार्यक्रम अवधिभरि उनीहरु निरन्तर संस्थाको सम्पर्कमा बसेका थिए । उनीहरुको खोजी गरी संस्थाको सम्पर्कमा ल्याइने पाण्डेयले जनाकारी दिनुभयो ।
पछिल्लो एक महिनामा तीनजना लागुऔषध प्रयोगकर्ताको मृत्यु भएको छ । भीमदत्तनगर बजार क्षेत्रको सालघारी, बागवाणी, स्थानीय पार्क र सार्वजनिक क्षेत्र लागुऔषध सेवनका लागि प्रयोग गरिएका छन् । लागुऔषध सेवनकर्ताले बढी प्रयोगमा ल्याउने सार्वजनिक क्षेत्रलाई संस्थाले उच्च निगरानीमा राखेको छ ।
‘त्यस्ता स्थानमा प्रयोग गर्नेलाई थप क्षतिबाट जोगाउन संस्थामा ल्याउन पहल गरेका छौँ’ कार्यक्रम संयोजक पाण्डेयले भन्नुभयो, अहिलेसम्म १०–१५ जनाले दैनिक संस्थामा आएर परामर्श लिइरहेका छन् ।’ रासस
Post Comment
More विचार - विश्लेषन - फिचर
- कलाको नयाँ विधा ःचुरा कला
- सन्दर्भ विश्व समलैङ्गिक घृणाविरुद्धको दिवस
- सिंहदरबार क्षेत्रलाई खुला दिसामुक्त घोषणा गर्न कसैको ध्यान गएन
- वन जोगाउनेलाई पुरस्कार÷सौर्यबत्तीले गाउँ उज्यालो
- नगद पाउँदा ७७ वर्षीया वृद्धको आँखामा आँशु
- आमाको मुख हेर्ने बेलामा आमाले छाडेर गएपछि .....
- रात्री कक्षाले फेरियो जीवन
- दाङका गन्धर्वहरु पुख्र्याैली पेसा छोडी अन्य पेसा अँगाल्न बाध्य
- विद्यालयका समस्या बढ्दै, सरोकारवालाको ध्यान पुगेन
- सुशासन नारामा मात्र सीमित–सरकारी कामकारबाही पुरानै शैलीमा
- Show More News
Recent Interview
Recent News
- ढुगां गिट्टिको ठेक्का खारेजीको माग गर्दै अख्तियारमा उजुरी
- धारामा धमिलो पानी
- मंसिरमा चुनाव गराउन कुनैपनि शक्तिले रोक्न सक्दैनः खनाल
- कलाको नयाँ विधा ःचुरा कला
- बीस दिनदेखि खुला आकाशमुनि विद्यार्थी
- एमाले नेत्री अर्याल र अभिनेत्री थापा एमाओवादीमा प्रवेश
- मोटरसाइकलबाट खसेर एकको मुत्यु
- दुर्घटनामा एकको मृत्यु
- अवैध रुपमा सञ्चालित बिद्यालय प्रहरी लगाएर बन्द गरिदै
- चुरे संरक्षण कार्यक्रम सफल बनाउन राष्ट्रपतिको आग्रह



