विचार - विश्लेषन - फिचर

गैँडाको केटोसहित १० दिनमा छ गैँडाको उद्धार गैँडाको केटोसहित १० दिनमा छ गैँडाको उद्धार
रत्ननगर ९चितवन०, ११ भदौ ।
बाढीले बगाएर जोखिममा परेको एउटा गैँडाको केटो ९बच्चा० को पनि उद्धार भएको छ । 
भारतको वाल्मीकिनगर आसपास क्षेत्रबाट शनिबार साँझ उद्धार गरी ल्याइएको गैँडाको बच्चालाई भने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ । 
 
तीन महिनाको भाले केटो ९बच्चा० भएकाले जंगलमा छाड्दा जोखिममा पर्ने भन्दै संरक्षण गरेर राखिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । अलि ठूलो भएपछि मात्रै जंगलमा छाडिने जनाइएको छ । 
 
यसअघि जोखिममा परेर उद्धार गरिएको एउटा गैँडा रहेकाले उसैको साथीका रुपमा यसलाई पनि राखिएको निकुञ्जले जनाएको छ । 
 
योसँगै भदौको १० दिनको अन्तरालमा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिकसहितको टोलीले छवटा गैँडालाई उद्धार गरिसकेको छ । 
 
जसमा पाँच गैँडालाई भने निकुञ्जमा छाडिसकिएको छ । निकुञ्जको टोलीले अझै भारतमा गैँडा रहेको आशंकामा खोजी जारी राखेको सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । 
 
गैँडाको उद्धारका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकसहित ५० जनाको टोली परिचालन भएका छन् । बाढीका कारण चितवन निकुञ्जका दुई गैँडा तथा चित्तल र रतुवा मृग छवटा गरी आठवटा जनावर मरेका छन् । 
 
बाढीले चितवन निकुञ्जमा वन्यजन्तुको वासस्थानमा भौतिक सम्पत्तिमात्रै रु दुई करोडभन्दा बढीको क्षति भएको निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो । 

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award