साहित्य

‘मिथिला सांस्कृतिक सङ्ग्रहालय’ आजदेखि खुला

जनकपुरधाम, ३ असार । जानकीकालीन सभ्यता, संस्कृति र जीवन पद्धतिसँग जोडिएको प्राचीन गरगहना, राजमुकुट र कलात्मक पोसाकको प्रदर्शनीस्थल मिथिला सांस्कृतिक सङ्ग्रहालय आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।   सात महिना अगाडि नेपालका लागि भारतीय दूतावास जयन्तप्रसादले उद्घाटन गर्नुभएको सो सङ्ग्रहालयमा त्रेतायुगीन सीताको जीवनगाथासँग जोडिएको, प्राचीन तथा कलात्मक मुकुट, गरगहना, पोसाक प्रदर्शनी गरिएको छ । भारत सरकारको रु दुई करोड ३१ लाख ४३ हजार ३२३ को लागतमा निर्माण गरिएको सो सङ्ग्रहालय जानकी मन्दिर परिसरमा रहेको छ ।   त्रेतायुगमा राजा जनककी पुत्री सीताको जीवनपद्धतिसँग जोडिएको जानकीको कलात्मक मुकुट, कानको बाला, चन्द्रिका, हार, राजा जनकको कलात्मक मुकुट, जानकी मन्दिरको सिंहासनमा आसीन देवताहरूको प्राचीन पोसाक, जानकीको बाल्यकालको पोसाक, सन्त महन्थको तस्बिर तथा ताम्रपत्र प्रदर्शनीमा राखिएको छ ।
   प्रतिव्यक्ति रु १५ शुल्क लिएर सङ्ग्रहालय अवलोकन गर्ने व्यवस्था गरिएको छ । करिब १० हजार वर्षको लामो इतिहास बोकेको सीताको जीवनसँग जोडिएको गरगहना तथा कलात्मक पोसाक हेर्नेको भिड लागेको छ । त्रेतायुगमा जानकी मन्दिरको सिंहासनमा आसीन देवताले हप्ताको प्रत्येक दिन भिन्दाभिन्दै पोसाक लगाउने गरेको र सो पोसाक प्रदर्शनीको आकर्षणको केन्द्रविन्दु बनेको छ ।    विसं २०६४ माघ २८ गते नेपालका लागि तत्कालीन राजदूत शिवशङ्कर मुखर्जीले शिलान्यास गर्नुभएको सो सङ्ग्रहालयमा प्रदर्शनी गरिएको गरगहना, पोसाक, प्राचीन राजमुकुटले रामायणकालीन सभ्यताको झल्को दिने गरेको सङ्ग्रहालय अवलोकन गर्न आउनेहरू बताउँछन् । रासस

Post Comment

More साहित्य

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event