साहित्य

भवदेव पन्त पुरस्कार

 

काठमाडौँ, १ असार  । वाङ्मय तथा साहित्यमा अनवरत योगदान पु¥याएबापत विभिन्न सङ्घ, संस्था र व्यक्तिलाई भवदेव पन्त स्मृति प्रतिष्ठानले ‘भवदेव प्राज्ञिक पुरस्कार’ बाट पुरस्कृत तथा सम्मान गरेको छ । 
 
भवदेव पन्त स्मृति प्रतिष्ठानले बिहीबार एक कार्यक्रम  गरी साहित्यकार शिव रेग्मी (२०६५), संशोधन मण्डल (२०६६), भरतराज पन्त स्मृतिग्रन्थ प्रकाशन समिति (२०६७) र स्वामी डा. प्रपन्नाचार्यलाई (२०६८) लाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि जनही २५ हजार रहेको छ । यसैगरी प्रतिष्ठानको प्रतिभा परुस्कार (२०६५ र २०६६) बाट शङ्करदेव क्याम्पसबाट स्नातकोत्तरमा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्र प्रशान्तबल्लभ पन्त र छात्रा रोजिना सिटौलालाई पनि जनही रु १५ हजार र प्रदान गरिएको थियो । 
 
सो अवसरमा  भवदेव पन्त स्मृति प्रतिष्ठानद्वारा प्रकाशित र भवदेव पन्तद्वारा अङ्ग्रेजी भाषामा लिखित ‘नेपालमा बंैकिङ मुद्रा र वाणिज्य’ कृति लेखहरुको सङ्ग्रह ‘भवदेव पन्त स्मृति ग्रन्थ–२’  कृति विमोचन गरिएको थियो ।
 
कार्यक्रममा  नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाले साहित्यको क्षेत्रअगाडि बढाउन अबका युवापुस्ताले जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।  
 
प्रतिष्ठानका अध्यक्ष नित्यराज पाण्डेले रु पाँच लाखको अक्षयकोष स्थापना गरी सो रकमबाट आर्जित ब्याजबाट प्रत्येक वर्ष मौलिक काव्य र खण्डकाव्य, रचयिता वा साहित्यमा दीर्घसेवा गरेका साहित्यकार, योगदान पु¥याउने व्यक्ति वा संस्थालाई सम्मान गर्ने उद्देश्यले जनही रु २५ हजारको ‘भवदेव पन्त प्राज्ञिक पुरस्कार’ प्रदान गरिँदै आएको जानकारी दिनुभयो ।
 
सो अवसरमा भवदेव पन्त स्मृति प्रतिष्ठानका सचिव भुवनदेव पन्त, प्रा दिनेशराज पन्त र संशोधन मण्डलकातर्फबाट डा महेशराज पन्त, कल्पना शर्मालगायतले पुरस्कृत व्यक्ति र  संस्थाबारे जानकारी दिनुभएको थियो । 
 
विसं १९७० मा जन्मनुभएका कवि  भवदेव पन्तको विसं २००१ मा स्वर्गारोहण भएपछि उहाँको नामबाट विसं २०५७ मा ‘भवदेव पन्त स्मृति प्रतिष्ठान’ स्थापना भएको हो । पन्तका वनबाला खण्डकाव्य, वीर अभिमन्यु खण्डकाव्य तथा पथिकसँग पद्मसङ्ग्रह (अप्रकाशित)  छन् भने उहाँका धेरै फुटकर कविता ‘गोरखापत्र’ एवम् ‘शारदा’मा समेत प्रकाशन भएका थिए । रासस

Post Comment

More साहित्य

Onair Now Onair Now

Anautho Satya

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event