साहित्य

साहित्यकार नकःमिको इच्छा मृत्युपछि पूरा साहित्यकार नकःमिको इच्छा मृत्युपछि पूरा
रमेश गिरी,भक्तपुर, ३० फागुन,रासस
नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं नाट्यकर्मी स्व रामशेखर नकःमिको इच्छा मृत्युपछि पूरा भएको छ । 
 
नेपाल भाषाको साहित्य रचना, नाटक लेखन, निर्देशन तथा विभिन्न टेलिचलचित्रमा अभिनय गर्नुभएका स्व नकःमिले नेपाल भाषामा लेख्नुभएका आफ्ना कृति नेपाली भाषामा अनुवाद गरेर धेरैले पढुन् भन्ने राख्नुभएको चाहना र इच्छा मृत्यु भएको वर्षदिन पछि मात्र पूरा भएको हो । 
 
हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले समेत हाम्रा गुरु भन्ने साहित्यकार एवं कलाकार नकःमिको भक्तपुरस्थित घर भूकम्पले भत्किएपछि निकै समस्यामा पर्दै आएको बेला क्यान्सर रोगले समेत ग्रस्त बनाएपछि गत वर्ष फागुन १६ गते उहाँको निधन भएको थियो । 
 
आफू बाँचुञ्जेलसम्म आफूले लेखेको नेपाल भाषाको कृति अनुवाद गर्न नसके पनि अहिले भने उहाँको उपचारमा सहयोग जुटाउन गठन भएको रामशेखर ग्वाहालि पुचःले रामशेखरको चर्चित कथासंग्रह ‘सिमात फफ स्वः’ अर्थात ‘बिच्किएका रुखहरु’ नेपाल र नेपाली दुवै भाषामा संग्रहित गरी प्रकाशित गरेर बजारमा ल्याएको हो । 
 
कृतिमा ‘अगति’, ‘छगू देसय्।।।।९एकादेशमा०’, ‘स्वर्ग व नरक ९स्वर्ग र नरक०’, ‘बाखं ९कथा०’, ‘न्हुछे अरा ९न्हुछे दाजु०’, ‘पासापिं ९साथीहरु०’, ‘भैलः खः ९भैरव रथ०’, ‘सिमात फफ स्वः ९विच्किएका रुखहरु०’ गरी आठवटा कथाहरु समावेश गरिएका छन् । नेपाल भाषाको यी कथाको साहित्यकार चिरत्न शाक्य, गोविन्दमान श्रेष्ठ, धु्रव मधिकर्मी, महेन्द्रगोपाल कर्माचार्य, ओमचरण अमात्य, अगिब नेपाली, केवलप्रसाद कायस्थ र कृष्ण प्रजापतिले अनुवाद गर्नुभएको छ । 
 
कृतिका बारेमा नेपाल भाषा एकेडेमीका कुलपति चित्तरञ्जन नेपालीले कथा निकै मार्मिक र जीवन्त भएको बताउँदै उहाँले यो कथा संग्रहले उहाँको चाहनालाई पूरा गरिदिएको प्रतिक्रिया दिनुभयो । साहित्यकार मल्ल के सुन्दरले समाजमा रहेका जीवन्त पात्रको उपस्थितिले कथालाई मार्मिक र यथार्थपरक बनाइदिएको टिप्पणी गर्नुभयो । अर्का साहित्यकार नरेन्द्र जोशीले साहित्यको क्षेत्रमा ठूलो योगदान दिने रामशेखरलाई राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो । 
 
कृति प्रकाशक पुचः का संयोजक नरेन्द्रभक्त हाडाले राम शेखरका अन्य साहित्य कृतिको प्रकाशन र नाटकको मञ्चन गर्ने गरी पुचःअगाडि बढेको बताउनुभयो । उहाँले पञ्चायतको समयमा पनि राजा विरुद्ध कथा र गीतहरु लेखेर जनताको माझ पुग्ने रामशेखरको योगदानको भक्तपुरका स्रष्टाले विर्सन नहुने बताउनुभयो । 

Post Comment

More साहित्य

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 03:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award