साहित्य

साहित्यकार रेग्मीको ३ कृतिको लोकापर्ण साहित्यकार रेग्मीको ३ कृतिको लोकापर्ण
राजु थापा, फागुन १९, कालिका
चितवनका सािहत्यकार ईन्द्र रेग्मीले शनिवार आफनो  ३ वटा कृतिको एकै साथ विमोचन गराउनु भएको छ । रेग्मीका कृतिहरु अनुहारहरुको म्याराथुन, समयको शल्यक्रिया र विर्सन सकिएन त गरि ३ वटै कृतिको आफनै नातिनि ईशा रेग्मी माफर्त विमोचन गराउनु भएको हो । युवाहरुलाई पनि साहित्यप्रति रुची जगाउने उद्धेश्यले उहाँले यस्तो गर्नु भएको विमोचन कार्यक्रमका जानकारी दिईएको थियो ।
जनसास्कृतिक महासंध चितवन, साहित्य संगम चितवन र प्रगतिशिल लेखक संध चितवनले प्रकाशन गरेको र आयोजक समेत ३ वटै संस्था रहेको विमोचन कार्यक्रमको सभापतित्व भने साहित्य संगमका अध्यक्ष द्धारिका नेपालले गर्नु भएको थियो । 
कृति लोकापर्ण कार्यक्रममा पुस्तकका भुमिकाकारहरु कपिल अज्ञात, सरिता तिवारी र प्रेम रिमाल तथा पुस्तकका समिक्षाकारहरु रामबाबु धिमिरे, डि आर पोख्रेल र उदय अधिकारीले आफनो मन्तब्य ब्यक्त गर्नु भएको थियो । सप्तगण्डकी क्याम्पसको हलमा भएको कार्यक्रममा  क्याम्पसका अध्यक्ष टेक बहादुर थापा, प्रमुख खेम नारायण सापकोटा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई राजेन्द्र धायलले सहजीकरण गर्नु भएको हो ।
 

Post Comment

More साहित्य

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award