साहित्य

दाहाललाई रु ५१ हजारको पुरस्कार दाहाललाई रु ५१ हजारको पुरस्कार

भद्रपुर, २७ पुस,रासस

लेखनाथ पुस्तकालय, चन्द्रगढी, झापाले १३४ औँ कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसर पारेर एकजना विद्यार्थीसहित पाँचजना साहित्यिक स्रष्टालाई सम्मानसहित पुरस्कृत गरेको छ । 

झापाको चन्द्रगढीमा बुधबार आयोजित कार्यक्रममा श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान पुरस्कारबाट साहित्य अनुरागी मित्रप्रसाद दाहाललाई नगद रु ५१ हजार १११ सहित सम्मान गरिएको हो । 

यसैगरी, विभिन्न विधामा उत्कृष्ट स्रष्टालाई उक्त कार्यक्रममा पुरस्कृत तथा सम्मान गरिएको थियो । श्यामकृष्ण कामाक्ष साहित्य सम्मान शान्ता गौतमलाई र वीरेन्द्र मावि, चन्द्रगढीमा कक्षा ९ मा अध्ययनरत छात्रा अनुषा बस्नेतलाई प्रदान गरिएको थियो भने भक्तकिरण साहित्य सम्मानबाट कृष्ण अनमोललाई सम्मानसहित पुरस्कृत गरिएको थियो । 

यसैबीच, जिल्लास्तरीय छन्दोवद्ध कवि सम्मानबाट आनन्दप्रसाद घिमिरेलगायतलाई सम्मानसहित पुरस्कृत गर्दै प्रतियोगितात्मक कविता वाचन कार्यक्रममा विजयी कविलाई समेत नगदसहित प्रशंसापत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । 

पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा प्राज्ञ दधिराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित साहित्यकारले साहित्यिक प्रवचनसमेत प्रस्तुत गर्नुभएको थियो । 

Post Comment

More साहित्य

Onair Now Onair Now

Chaso ra Charcha

Started at: 12:05 HRS

Up Next

Kalika News update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award