साहित्य

तीन स्रष्टालाई सम्मान तीन स्रष्टालाई सम्मान

भक्तपुर, २५ पुस,रासस

भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा यहाँ तीनजना स्रष्टालाई सम्मान गरेको छ । 

सोमबार यहाँ समाजले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा भक्तपुर निवासी गीतकार सुवासचन्द्र ढुंगेल, मध्यपुरथिमि निवासी संस्कृतिकर्मी एवं साहित्यकार गणेशराम लाछी र ललितपुर निवासी गायिका रमना श्रेष्ठलाई सम्मान गरिएको हो । 

प्राज्ञ मातृका पोखरेलले उहाँहरुलाई भादगाउँले टोपी र माला लगाएर दोसल्ला ओढाइ अभिनन्दन गर्दै सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको हो । कार्यक्रममा प्राज्ञ पोखरेल, वरिष्ट साहित्यकार तेजेश्वरबाबु ग्वंग, सम्मानित स्रष्टा ढुंगेल, लाछी र रमना श्रेष्ठले भक्तपुरमा साहित्य र संगीतको यात्रा अगाडि बढेको चर्चा गर्नुभयो । 

समाजका अध्यक्ष राजुराम मुनंकर्मीले घुमन्ते साहित्यिक कार्यक्रम गर्दै आएको संस्थाले हरेक वर्ष गर्ने स्रष्टा सम्मानले साहित्यकारलाई प्रेरणा दिने बताउनुभयो । 

Post Comment

More साहित्य

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award