साहित्य

नारायण गोपाल सम्मान राष्ट्रकवि घिमिरेलाई। नारायण गोपाल सम्मान राष्ट्रकवि घिमिरेलाई।
काठमाडौँ ,मंसीर १९ ।
यस वर्ष नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधव घिमिरेसहित १२ जनालाई प्रदान गरिएको छ । 
 
स्वर सम्राट नारायण गोपालको २७ औं स्मृति दिवसको अवसर पारेर मंगलबार राष्ट्रकवि घिमिरेसहित १२ जनालाई नारायणगोपाल स्मृति सम्मान प्रदान गरिएको हो । राष्ट्रकवि घिमिरेसहित वरिष्ठ संगीतकार एवम् गायक सिके रसाइली, वरिष्ठ गीतकारहरु रत्नशमशेर थापा, कालिप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतका सम्मान गरिएको छ ।
 
नारायण गोपाल संगीत कोषर्ले  नगद २५ हजारसहित सम्मान गरेको हो । कार्यक्रममा बोल्दै राष्ट्रकवि घिमिरेले स्वरसम्राट नारायण गोपाललाई नेपालको गीत÷संगीतको क्षेत्रमा कुनै पनि उपमा आवश्यक नपर्ने बताउनु भयो । उहाँले नारायण गोपाल आफ्नै सुरुतालमा रम्ने स्वाभिमानी व्यक्तित्व भएको पनि स्मरण गराउनु भयो ।
 
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नारायण गोपालका कालजयी गीतहरु जति सुनेपनि नपुग्ने अनुभूति सुनाउनु भयो । उहाँले नारायण गोपाल संगीत कोषको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । नारायण गोपाल संगीत कोषले नेपाली गीत संगीतको क्षेत्रमा उच्च योगदान पु¥याउनेहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।
 

Post Comment

More साहित्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika New Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award