- दक्षिण अफ्रिका लाई ७ विकेटले हराउदै ईङल्यान्ड च्याम्पियसन्स ट्रफि क्रिकेटको फाईनलमा |
- गण्डकमा विपद् ब्यबस्थापन कै रुपमा काम शुरु |
- हूम्लामा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा १ जनाको ज्यान गयो, ५ जना गम्भिर घाईते |
- पुर्वराजाको कार्यक्रममा गएको भन्दै मोर्चाका कार्यकर्ताले गोलि चलाउँदा महोत्तरीमा ४ जना घाईते |
- फेसबुक साथीले नै गरे, फेसबुक मार्फत बलात्कार |
- पानी रोकिएपछि गण्डकमा स्पर र ब्लक निर्माण सुरु |
- हुवाईले ल्यायो हाल सम्म कै पातलो स्मार्टफोन |
- शारीरिक अपाङ्गता भएका खेलाडीको राष्ट्रिय विशेष खेलकुद प्रतियोगिता भोलिदेखि |
- कञ्चनपुरमा बाढीपीडित परिवारको तथ्याङ्क सङ्कलन कार्य सुरु |
- पासाङल्हामु मार्गमा यातायात बन्द |
- ललितपुरमा शिक्षण संस्था बन्द |
- सवारी दुर्घटनामा एक को मृत्यु |
- गण्डकमा नियन्त्रण कार्य तिब्र पारियो |
- एप्पलले हाल सम्म कै सस्तो आईफोन ल्याउने, मुल्य ९ हजार नेपाली |
- खाग तस्करीमा दोषि ठहर , १५ लाई कैद , २ जनालाई सफाई |
- रौंले भरिएको मोजा लगाउनुस, दुर्घटनाबाट जोगिनुस |
- १२ गाविस बाढी र पहिरोको उच्च जोखिममा |
- आगलागीपीडितलाई तीस घर हस्तान्तरण |
- साल्ट टे«डिङमा चट्याङ |
- सडक अवरुद्ध हुँदा तीनदिनदेखि यातायात पूर्ण ठप्प |
अन्तर्राष्ट्रिय
मनसुनी वर्षासँगै बङ्गलादेशमा बाढी पहिरो, पचासको मृत्यु
चितागोङ (बङ्गलादेश), १३ असार । बङ्गलादेशमा मनसुनी वर्षासँगै बाढी पनि सुरु भएको छ । सो बाढीका कारण आएको पहिरोमा परी कम्तीमा पनि ५० जना व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ ।मनसुनी वर्षासँगै सुरु भएको भारी वर्षा गत तीन दिनदेखि जारी नै रहेकोले सो बाढीमा परी बुधबार बिहानसम्ममा ५० जना भन्दा बढी व्यक्तिको ज्यान गएको समाचार त्यहाँका सुरक्षा अधिकारीहरुले दिएका छन् ।सो बाढीका कारण बङ्गलादेशका विभिन्न क्षेत्रको यातायता सेवाका साथै अन्य आवश्यक भौतिक संरचनामा पनि क्षति पु¥याएको बताइएको छ । यसले कतिपय स्थानमा सरकारी कार्यालयहरु सञ्चालनमा पनि बाधा उत्पन्न भएको बताइएको छ ।
बङ्गलादेशको दक्षिण पश्चिमी क्षेत्र चितापोङ् र यसका अरु केही छिमेकी गाउँहरुमा सो बाढीको प्रकोप देखिएको हो । सो क्षेत्रका विभिन्न स्थानमा पहिरो भिषण पहिरो गएको र त्यसमा परी कयौं नागरिक हराइरहेका छन् । उनीहरुका बारेमा थप जानकारी प्राप्त हुन सकिरहेको छैन ।
सरकारले सो बाढी र पहिरोमा परेकाहरुको उद्वारका लागि सेना र प्रहरी खटाएको छ । उनीहरुले आफ्नो कामलाई निरन्तरता दिएको भए पनि भारी वर्षा र बाढीका कारण उद्वारको कार्य प्रभावकारी हुन सकिरहेको छैन ।चितापोङ क्षेत्रमा प्रमुख प्रशासक सिराजुल हक खानका अनुसार सो चितोपोङ् जिल्लाको कोक्स बजारमा गएको पहिरोमा परी मृत्यु भएका २६ जनाको शव प्राप्त भएको छ । सो क्षेत्रमा अरुपनि कयौं नागरिक हराइरहेकोले खोजी कार्य जारी नै रहेको छ ।
त्यसैगरी चितोपोलको छिमेकी जिल्ला बन्दरबनमा पनि ठूलो मात्रामा बाढी र पहिरोको प्रकोप देखापरिरहेको छ । सो क्षेत्रमा गएका विभिन्न स्थानका पहिरोहरुमा परेका २५ जनाको शव पनि उद्वारकर्मीहरुले प्राप्त गरेका बताइएको छ ।एकजना उद्वारकर्मी अहमदले दिएको जानकारीअनुसार भारी वर्षाका कारण आएको बाढीका कारण उद्वारको कार्य प्रभावकारी हुननसक्दा एक परिवारले आफ्ना कम्तीमा पनि १२ जना सदस्य गुमाउनुपरेको छ ।चितागोङ्को बन्दरगाहमा पानीको मात्रा व्यापक मात्रामा बढेको समाचारमा जनाइएको छ । सो बन्दरगाहमा हिजो १२ घन्टासम्मको निरन्तरको वर्षाका कारण कम्तीमा पनि १६ इन्च पानीको मात्रा बढेको बताइएको छ ।
चितागोङ्मा रहेको साह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमाबाट हुने उड्डयनहरु पनि प्रभावित भएका छन् । हिजो अपरान्हदेखि नै सो विमानस्थलबाट हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय उड्डयनहरु स्थगित भएका छन् ।
सो क्षेत्रको बङ्गलादेशसँगको सवारी सम्बन्ध हिजो देखि नै टुटेको बताइएको छ । सो क्षेत्रमा रहेको रेलमार्गको एउटा पुल भत्किएकाले यातायात सेवा नै अवरुद्ध भएको बताइएको छ ।
करिब पचास लाख जनसङ्ख्याको बसाइ रहेको सो चितापोङ क्षेत्रमा मनसुनी वर्षातका कारण ठूलो क्षति हुने गरेको पाइन्छ । विगतका वर्षहरुमा पनि यसै मनसुनी वर्षामा सयौंको ज्यान गएको थियो ।गत वर्षको वर्षातका समयमा भएको पूर्वाधारको क्षतिका कारण पनि हजाराँैं नागरिक विस्थापित हुनुका साथै विकासका संरचानमा पनि क्षति पु¥याएको थियो ।
सो क्षेत्रका नागरिकले विकासका संरचना निर्माण गरी बाढी पहिरोबाट बचाउने उपायको खोजीका लागि बर्सेनि सरकारसँग आग्रह गर्ने गरेको भए पनि सरकारले बेवास्ता गरेको आरोप उनीहरुले लगाउने गरेका छन् । रासस÷एएफपी
Post Comment
More अन्तर्राष्ट्रिय
- फेसबुक साथीले नै गरे, फेसबुक मार्फत बलात्कार
- रौंले भरिएको मोजा लगाउनुस, दुर्घटनाबाट जोगिनुस
- भारतमा बाढिको वितण्डा, १ सय ३० बढिको मृत्यु
- टिभि हेर्न नदिदा एक किशोरीले गरिन्, आत्महत्या
- बिवाह अगाडी यौन सम्पर्क गरे श्रीमान श्रीमती हुने
- उत्तरी भारतमा भिषण बाढी र पहिरो ,, ७० को मृत्यु
- टर्कीमा पार्क बनाउने बिषयमा चर्किएको बिबाद कायमै
- विद्यालयमा अब शिक्षकले हैन,,, पोर्न कलाकारले पढाउदै छन्,,,
- सुधारीबादीले जित्दैमा ईरानमा दबाब कम गर्न हुन्नः नेतान्याहु
- यस भाँडामा खाना खानाले पुरुषहरु 'नपुसंक' हुन सक्छ,,,,
- Show More News
Recent Interview
Recent News
- दक्षिण अफ्रिका लाई ७ विकेटले हराउदै ईङल्यान्ड च्याम्पियसन्स ट्रफि क्रिकेटको फाईनलमा
- गण्डकमा विपद् ब्यबस्थापन कै रुपमा काम शुरु
- हूम्लामा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा १ जनाको ज्यान गयो, ५ जना गम्भिर घाईते
- पुर्वराजाको कार्यक्रममा गएको भन्दै मोर्चाका कार्यकर्ताले गोलि चलाउँदा महोत्तरीमा ४ जना घाईते
- फेसबुक साथीले नै गरे, फेसबुक मार्फत बलात्कार
- पानी रोकिएपछि गण्डकमा स्पर र ब्लक निर्माण सुरु
- हुवाईले ल्यायो हाल सम्म कै पातलो स्मार्टफोन
- शारीरिक अपाङ्गता भएका खेलाडीको राष्ट्रिय विशेष खेलकुद प्रतियोगिता भोलिदेखि
- कञ्चनपुरमा बाढीपीडित परिवारको तथ्याङ्क सङ्कलन कार्य सुरु
- पासाङल्हामु मार्गमा यातायात बन्द



