अन्तर्राष्ट्रिय

ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामा शान्तिका लागि आव्ह्वान गर्दै दक्षिण कोरियामा प्रदर्शन ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामा शान्तिका लागि आव्ह्वान गर्दै दक्षिण कोरियामा प्रदर्शन
सोल, दक्षिण कोरिया, १९ कात्तिक (रासस÷एएफ्पी) ः
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण कोरियामा हुन लागेको भ्रमणको पूर्वसन्ध्यामा आइतबार सयौँको सङ्ख्यामा कोरियाली जनताले उक्त क्षेत्रमा शान्तिका लागि प्रदर्शन गरेका छन् । 
 
अमेरिकी राष्ट्रपति ट्रम्पको जापान, दक्षिण कोरिया, चीन लगायत एसियाली मुलुकको भ्रमण वासिङ्टन र प्योङ्याङबीच उत्तर कोरियाको आणविक परीक्षणका कारण पेचिलो सम्बन्ध बनिरहेका समय हुन लागेको भ्रमणका क्रममा दक्षिण कोरियाको राजधानीमा शान्तिका पक्षमा प्रदर्शन भएको हो । 
 
यद्यपि प्रदर्शनमा साह्रै ठूलो सङ्ख्यामा सहभागिता भने देखिएन । 
 
आइतबार जापानको टोकियो आइपुग्नुभएका अमेरिकी राष्ट्रपति ट्रम्प मङ्गलबार र बुधबार दक्षिण कोरिया पुग्ने कार्यक्रम छ । 
 
आफ्नो एसियाली राष्ट्रको भ्रमणका क्रममा ट्रम्पले भियतनामी, चिनियाँ र फिलिपिनी राष्ट्राध्यक्ष लगायतका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नुहुनेछ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award