खेलकुद

१९ बर्ष मुनिको एशिया कप क्रिकेट उपाधी भारत र पाकिस्तानले बाँडे ।। १९ बर्ष मुनिको एशिया कप क्रिकेट उपाधी भारत र पाकिस्तानले बाँडे ।।

१७ असार,किन्नरा(राजु  सापकोटा)–

मलेसियामा जारी १९ बर्ष मुनिको एशिया कप क्रिकेटको उपाधी भिडन्त बराबरी भएको छ । पाकिस्तानले जोडेको २ सय ८२ रन अन्तिम बलमा भारतले भेट्टाएपछि खेल बराबरी भएको हो । भारतले पनि २ सय ८२ रन नै जोडेपछि उपाधी दुबै टिमले बाडेका छन् । 
 
उपाधी सँगसँगै म्यान अफ दि म्याच पनि बाँडीएको छ । भारतका उन्मुक्त चन्द र पाकिस्तानका सामि अस्लम संयूक्त रुपमा प्लेयर अफ दि म्याच भए । प्लेयर अफ दि सिरीज र ब्याट्स म्यान अफ दि सिरीज भनेँ पाकिस्तानका सामी अस्लम भए । 
 
टस हारेर किन्रारा एकेडेमिको ओभल खेल मैदानमा व्याटिङ्गमा उत्रिएको पाकिस्तानले निर्धारीत ५० ओबरमा ९ विकेट गुमाउँदै २ सय ८२ रन जोडेको थियो । उसका लागी सामि अस्लमले सर्बाधीक १ सय ३४ रनको योगदान गरे भनेँ उमर वाहीदले ४८ रनको योगदान गरे । 
 
त्यस्तै लक्ष्य पच्छ्याएको भारतका लागी उन्मुक्त चन्दले १ सय २१ रनको योगदान गरे भनेँ बाबा अपराजितले ९० रनको योगदान गरे । अब १९ बर्ष मुनकिो बिश्वकप आगामी अगस्टमा हुनेछ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event