- आफ्नै आमाले नै गरे दुई छोराको हत्या |
- सर्वोच्च अदालतमा प्रवेश पासको विरोध |
- केन्द्रिय सदस्यका लागी मतदान जारी |
- एन्फालाई पाँच लाख जरिवाना |
- ए बा ! भैसीको मृत्युले एक व्यक्ति मालामाल !!!! |
- पानी बन्द गर्ने भनेपछि भारतिय पक्षले पानी छाड्यो |
- अनुमति बिना सञ्चालन भएका नीजि बिद्यालयहरु बन्द गरिने |
- देशलाई बर्तमान अन्योलबाट मुक्ति दिन निर्बाचननै उपयुक्त विकल्प...झलनाथ |
- गण्डक नहरको पानी चौविस घण्टा भित्र रोक्न अल्टिमेटम |
- नारायणी नमुना उमाविको ५१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस |
- इनार सफा गर्ने क्रममा डुबेर एक युवकको मृत्यु |
- केयर नेपाल ३६ औं बर्षमा |
- फेन्टा भित्र किरा र लेदो |
- स्ववियु निर्वाचनलाई मर्यादित बनाउन तीन बुँदे सहमति |
- अपराधि ठहरिएका तिन जना पक्राउ |
- सामाजिक सुरक्षा वापतको भत्ता नपाउँदा आक्रोशित |
- ८ ईञ्चको नयाँ ट्याबलेट बजारमा आउँदै |
- दुहलीको सेजमा सजिएकि थिइन् तर उठ्यो,,,,,,,,,,,, |
- सुन्दर भएकै कारण उनले पाइन् यस्तो सजाय,,,,,,,,, |
- भारत र चीनविच ८ सम्झौता , सम्बन्ध विस्तारमा भ्रमण महत्वपूर्ण |
खेलकुद
तालिमको अभाव : नेपाली फुटबलको प्रमुख समस्या
(फणीन्द्र फुयाँल)
काठमाडौँ, १३ असार । नेपाली राष्ट्रिय फुटबल खेलाडीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गोलको खडेरी बेहोरिरहेको अवस्थामा नेपालले एएफसी यु–२२ एसिया कप छनोट फुटबल प्रतियोगितामा भने छ गोल ग¥यो ।
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक कृष्ण थापा भन्नुहुन्छ– ‘दशरथ रङ्गशालामा यही असार २ देखि १० गतेसम्म सम्पन्न एएफसी यु–२२ एसिया कप छनोटमा नेपालले जित हात पार्न त सकेन तर गोलको खडेरी परेको अहिलेको अवस्थामा नेपालले छ गोल भने गर्न सक्यो ।’ प्रतियोगितामा नेपालले बङ्गलादेशलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो भने अर्को खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध ४–२ गोल अन्तरले हार बेहो¥यो । यी दुई खेलमा नेपालले जम्मा ६ गोल ग¥यो भने पाँच गोल खाएको थियो ।
प्रतियोगितामा धेरै गोल गर्न नसक्नाको प्रमुख कारणमा नेपाली खेलाडीले एक दिन बिराएर खेल खेल्दा थकाइ लाग्नु हो– फुटबलका मुख्य प्रशिक्षक थापा बताउनुहुन्छ । नेपाली खेलाडीभन्दा अन्य देशका खेलाडी फिफा बरियतामा ८०–८५ तह माथि रहेकाले पनि नेपाली खेलाडीमा मानसिक असर परेको र धेरै गोल गर्न नसकेको थापा बताउनुहुन्छ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, उज्वेकिस्तान, जोर्डन र यमनको सहभागिता थियो । खेलमा बङ्गलादेशले दुई गोल मात्र गर्दा अङ्कतालिकामा शून्य अङ्क रह्यो । प्रतियोगितामा पाँचवटै देशले समान चार–चार खेल खेलेका थिए । चारवटै खेलमा जित हात पारेर जम्मा १३ गोल गरेको जोर्डन अङ्क तालिकामा १२ अङ्क बनाउँदै एसिया कप छनोट प्रतियोगिताको समूह बिजेता बन्यो । यस्तै अङ्क तालिकामा सात अङ्क बनाएको उज्वेकिस्तान आठ गोल गर्र्दै समूहको उपविजेता बन्यो ।
अङ्क तालिकामा सात अङ्क बनाएको यमन भने गोल सङ्ख्या सात बनाउँदै समूह चरणबाट बाहिरियो । यसका साथै नेपाल र बङ्गलादेश पनि छनोट चरणबाट बाहिरिए । जोर्डनका राष्ट्रिय टिम प्रशिक्षक डाइयन सालेह नेपाली फुटबल खेलाडी सुरुदेखि अन्त्यसम्म एकै किसिमको तीव्रता नभएका कारण फुटबलमा पछि परेको बताउनुहुन्छ । प्रशिक्षक सालेह भन्नुहुन्छ– हाम्रा खेलाडीको सुरुदेखि अन्त्यसम्म एकै अनुपातको कुदाइ हुन्छ भने नेपाली खेलाडी मैदानमा प्रवेश गर्दा धेरै कुद्ने र पछि थाक्दै गएपछि थोरै गतिमा कुद्ने गर्छन् ।
नेपाली यु–२२ राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान भरत खवास नेपाली खेलाडीलाई उचित मात्रामा तालिमको अभाव भएकाले खेल आफ्नो पक्षमा पार्न नसकिएको बताउनुहुन्छ । खवास भन्नुहुन्छ– ‘विदेशी खेलाडीको तुलनामा हामीलाई तालिमको निकै खाँचो परेको छ ।’ विदेशी खेलाडीलाई वर्षैभरि उचित तालिम प्रदान गरिन्छ भने नेपाली खेलाडीले प्रतियोगिता सुरु हुने केही दिन पहिलेदेखि मात्र तालिमको अवसर पाउने गरेका छन् । रासस
Post Comment
More खेलकुद
- एन्फालाई पाँच लाख जरिवाना
- आई पि एल–बंैग्लोरद्धारा चेन्नई २४ रनले पराजित
- राजस्थानलाई हराउदै सनराईर्जस विजयी
- डेल्ही पराजित, पञ्जाव ७ रनले विजयी
- मन्त्रिपरिषद् बैठकः विजेता खेलाडीलाई नगद पुरस्कार दिइने
- राजस्थनलाई हराउदै मुम्बई शिर्ष स्थानमा
- आई.पि.एलमा चेन्नेईको जित÷फेरी अंक तालीकाको शिर्षमा
- आईपिएल–आज बंैग्लोर र पन्जाव तथा चेन्नई र दिल्ली विच खेल हुने
- मुम्बई ईण्डियन्सद्वारा हैदराबाद ७ विकेटले पराजित ।।
- मेनचेस्टर युनाइटेडका म्यानेजर सर एलेक्स फर्गसनले सम्मानजनक बिदाई लिए
- Show More News
Recent Interview
Recent News
- आफ्नै आमाले नै गरे दुई छोराको हत्या
- सर्वोच्च अदालतमा प्रवेश पासको विरोध
- केन्द्रिय सदस्यका लागी मतदान जारी
- एन्फालाई पाँच लाख जरिवाना
- ए बा ! भैसीको मृत्युले एक व्यक्ति मालामाल !!!!
- पानी बन्द गर्ने भनेपछि भारतिय पक्षले पानी छाड्यो
- अनुमति बिना सञ्चालन भएका नीजि बिद्यालयहरु बन्द गरिने
- देशलाई बर्तमान अन्योलबाट मुक्ति दिन निर्बाचननै उपयुक्त विकल्प...झलनाथ
- गण्डक नहरको पानी चौविस घण्टा भित्र रोक्न अल्टिमेटम
- नारायणी नमुना उमाविको ५१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस



