खेलकुद

स्पेन र ईटाली युरोकप फुटवल प्रतियोगिताको क्वाटरफाईनलमा स्पेन र ईटाली युरोकप फुटवल प्रतियोगिताको क्वाटरफाईनलमा

५ असार (राजु सापकोटा)–
डिफेण्डिङ्र च्याम्पियन स्पेन र ईटाली युरोकप फुटवल प्रतियोगिताको क्वाटरफाईनलमा प्रबेश गरेका छन् । आज बिहान सम्पन्न खेलबाट यि दुई टोली अन्तिम आठमा प्रबेश गर्दा क्रेएसीया भनेँ घर फर्कन बाध्य भएको छ । आयरल्याण्ड यसअघि नै प्रतियोगीताबाट बाहीरीसकेको थियो ।

अन्तिम आठमा आँफ्नो स्थान सुरक्षित गर्नै स्पेनले क्रोएशीयामाथी १–शून्यको सँघर्षपूर्ण जित निकाल्यो । बिश्व बिजेता समेत रहेको स्पेनी टोलीलाई जिताउन खेलको अन्तिमतीर ईनीस्टाको छोटो पासमा जेसस नाभासले गोल गरे । क्रोएसीयाले भनेँ गोल गर्ने थुप्रै अबशर गुमायो ।

यस्तै आयरल्याण्ड बिरुद्ध ईटालीलाई जिताउन पहिलो हाफको ३५ औँ मिनेटमा क्यासालो र खेलको अन्तिम समय ९० मिनेटमा स्टार बालोटेलीले गोल गरे । जति सँघर्ष गर्दा पनि सान्त्वना जित निकाल्न आयरल्याण्ड असफल रह्यो । उसका केहि प्रहारले जाली चुम्न सकेन ।

Post Comment

More खेलकुद

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event