खेलकुद

जर्मनी र पोर्चुगल युरोकप फुटबल प्रतियोगीताको अन्तिम ८ मा- नेदरल्याण्डस र डेनमार्क बाहिरीए जर्मनी र पोर्चुगल युरोकप फुटबल प्रतियोगीताको अन्तिम ८ मा- नेदरल्याण्डस र डेनमार्क बाहिरीए

 

 
४ असार बिजयराज अधिकारी --
जर्मनी र पोर्चुगल युरोकप फुटबल प्रतियोगीताको क्वाटर फाईनल अर्थात अन्तिम ८ मा प्रबेश गरेका छन् । उनिहरु अन्तिम ८ मा प्रबेश गर्दा नेदरल्याण्डस र डेनमार्क भने समुह चरण बाटै बाहिरीएका छन् । पोर्चुगल र नेदरल्याण्डस् बिच भएको खेलमा नेदरल्याण्डस् २—१ को गोल अन्तरले पराजित भएको थियो । र्पाचुगलका लागी क्रिष्टीयानो रोनाल्डोले एक्लैले २ गोल गरेर टिमलाई अन्तिम ८ मा प्रबेश गराउन सफल भए भने नेदरल्याण्डस्का लागी सान्त्वना गोल भानडेर भारत ले गरेका थिए । 
सन् २०१० को बिश्व उपबिजेता नेदरल्याण्डस्ले युरोकपको यो चरणमा कुनै पनि खेल मा जित निकाल्न नपाउँदै प्रतियोगिताबाटै बाहिरीन बाध्य भयो । नेदरल्याण्डस्का लागी गर या मरको अबस्था हुँदा पनि नेदरल्याण्डस्का खेलाडीहरुबाट मैदानमा खासै प्रसंशनिय भुमिका देखीएन । नेदरल्याण्डसले यदि पोर्चुगोल लाई जितेको भए पनि उसको भबिष्य डेनमार्क र जर्मनीको बिचको खेल नतिजामा भर परेको थियो । 
तर जर्मनी र डेनमार्क बिच भएको खेलमा पनि जर्मनी अन्तिम ८ मा प्रबेश गरे पछि नेदरल्याण्डस्का लागी ज्यादै नमिठो पराजय हात लागेको हो । जर्मनीले डेनमार्क लाई २—१ को गोल अन्तरले पराजित गरेपछि डेनमार्क पनि समुह चरणबाटै बाहिरीएको हो । जर्मनीका लागी पोडोलोस्की र बेण्डरले १—१ गोल गरेका थिए । भने डेनमार्कका लागी क्रोन डेल्हीले एक मात्र सान्त्वना गोल गरेका थिए । 
यसैबिच आज पनि दुई खेल हुँदै छ । आज हुँने खेलमा क्रोयसिया र स्पेन तथा आयरल्याण्ड र ईटाली बिच खेल हुँने छ । दुबै खेल राति साढे १२ बजेबाट सुरु हुँने छ । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Cine Sopan

Started at: 12:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 13:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event