खेलकुद

माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
भरतपुर÷बैशाख १
माडी बसन्तपुरमा जारी मेयर कप नअकाउट फुटबल प्रतियोगितामा शनिबार बाँदरझुला र रामराज्यपुरको फुटबल क्लबले खेल जितेका छन् । सनस्टार फुटबल क्लब जीवनपुरलाई ताम्सालिङ फुटबल क्लब बाँदरझुलाले ट्राइबेकरमा जितेको हो । निर्धारित समयमा कुनै गोल हुन नसकेपछि ट्राइब्रेकरमा तीनका विरुद्ध ४ गोल अन्तरले जितेको हो ।
 
यस्तै दोस्रो खेलमा धुर्बतारा क्लब रामराज्यपुरले बर्डस नेपाल ए बघौडालाई सडन डेथमा जितेको थियो । बाँदरझुलाका अजय विक र रामराज्यपुरका अनिस श्रेष्ठ खेलको म्यानअफदि म्याच बनेका छन् । आइतबारको पहिलो खेलमा गौरी शंकर गौरीनगर र बर्डस नेपाल वघैडाबीच दिउसो १ बजे हुनेछ । यस्तै दोस्रो खेलमा चैनपुर फुटबल क्लब र स्याउलीबास फुटबल क्लबबीच खेल हुने खेल संयोजक नविन बस्यालले जानकारी दिए । माडी नगर खेलकुद विकास समिति र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा सुरु भएको हो । प्रतियोगितामा २० वटा क्लबको सहभागिता रहेको छ । विजेता टिमले नगद ७० हजार रुपैयाँ सहित मेडल र ट्रफि पाउनेछन् । द्वितिय पुरस्कार ३५ हजार रुपैयाँ, सेमिफाइन टिमबाट बाहिरिने दुवै टिमलाई १०÷१० हजार रुपैयाँ नगद सहित ट्रफि र मेडल दिइने बताए ।

Post Comment

More खेलकुद

Onair Now Onair Now

Shikshyak Drapan

Started at: 19:00 HRS

Up Next

Ma ra mero Kabita

Starts at: 19:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award