खेलकुद

राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया
काठमाडौँ, २८ माघ,रासस
नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । 
 
दाहिने खुट्टामा चोट लागेका लामाको वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको टोलीले सफल शल्यक्रिया गरेको हो । 
 
लामाको आजदेखि नै फिजियोथेरापी शुरु गरिने र उहाँ उपचारपछि छ देखि आठ महिनामा खेल मैदानमा फर्किनसक्ने डा पाण्डेले बताउनुभयो । 
 
धरानमा जारी बुढासुब्बा गोल्डकपको फाइनल खेलका क्रममा नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएपछि लामालाई तत्काल उक्त अस्पतालमा ल्याइएको थियो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Pop @ 95.2

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award