खेलकुद

शिवपुरीमा तेक्वान्दो प्रतिस्पर्धा शिवपुरीमा  तेक्वान्दो प्रतिस्पर्धा
राजु थापा, कालिका, मंसिर १७
चितवनको राप्ती नगरपालिका ४मा रहेको शिवपुरी तेक्वान्दो डोजाङले आयोजना गरेको तेक्वान्दो प्रतिस्पर्धामा पुरुष तर्फ क्षितिज श्रेष्ठ र अनराग श्रेष्ठ तथा महिला तर्फ समिक्षा राई र रिया सापकोटा उत्कृष्ट खेलाडी बन्न सफल हुन सक्नु भएको छ । 
करिव ६० जनाको सहभागिता रहेको प्रतिस्पर्धामा १० गु्रपमा प्रतिस्पर्धा भएके थियो । जुनियर व्हाईट बेल्ट देखि ग्रेडिङ बेल्ट सम्म भएको प्रतिस्पर्धामा नेपाल तेक्वान्दो डोजाङ जिल्ला अध्यक्ष पुष्पराज जोशीको प्रमुख आतिथ्तता रहेको थियो । शिवपुरी तेक्वान्दो डोजाङको आयोजनामा भएको कार्यक्रममा शिवपुरीका पुर्व खेलाडी तथा वर्तमान राप्ती नगरपालिका ४ का अध्यक्ष शम्शेर लामालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा तेक्वान्दो जिल्ला कार्य समितिका सचिव शैलेश श्रेष्ठ तथा सदस्य रोशन खान लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता शिवपुरी डोजाङका प्रमुख तथा प्रशिक्षक गणेश बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । 
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika New Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award