अर्थ - वाणिज्य

मनाङको बैंकमा पैसा सकियो

 

नवीनराज कुइ“केल÷बेसीसहर, असार ११ गते ।
 
हिमालपारीको जिल्ला मनाङको एकमात्र बैंक नेपाल बैंकको शाखा कार्यालयमा रकम अभाव भएको छ । मौसम खराबीका कारण् सदरमुकाम चामेमा हेलिकप्टर अवतरण्ँ हुन नसकेपछि बैंकमा रकम अभाव भएको हो ।
 
नेपाल राष्ट्र बैंक पोखराबाट मनाङमा पैसा ल्याउने गरिएपनि खराब मौसमका कारण्ँ हेलिकप्टर अवतरण्ँ हुन नसक्दा पैसा अभाव भएको नेपाल बैंक लिमिटेड शाखा कार्यालय मनाङका निमित्त प्रवन्धक महेन्द्र न्यौपानेले जानकारी दिनुभयो । एकमात्र बैंकमा पैसा सकिएपछि सरकारी कार्यालयले विकास निर्माण्ँको कामको भुक्तानी दिन सकेका छैनन् । योजना सम्झौता गर्दा उपभोक्ता समितिले पेश्की रकम मागेपछि योजनाहरुको सम्झौताहरु हुन नसकेको जिल्ला विकास समिति मनाङले जनाएको छ ।
 
योजना सम्झौता गर्न गाउ“गाउ“वाट सदरमुकाम झरेका उपभोक्ताहरु अलपत्र परेका छन् । सम्झौतापछि पेश्की रकम कुर्दाकुर्दै सवै पैसा रित्तिएको ङावल गाविसको पूल तथा बाटो उपभोक्ता समितिका अध्यÔ कृष्ण्ँ लामाले वताउनुभयो । आर्थिक वर्È सकिन अब केही हप्ता बा“की रहेको अबस्थामा योजनाहरु सम्झौता गर्न सदरमुकाम झरेका उपभोक्ताहरुले महंगीमा खान र बस्नपर्दा आफूहरुलाई ब्यक्तिगत रुपमै आर्थिक भार परेको गुनासो गरेका छन् । बैङकमा गएको जेठ ३१ गते ५ करोड रुपै“या ल्याईएकोमा असार ५ गते नै सवै रकम सकिएको र अहिले रकम अभावका कारण भुक्तानी दिन नसकिएको शाखा प्रबन्धक महेन्द्र न्यौपानेले बताउनुभयो ।
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event