अर्थ - वाणिज्य

सुनचाँदीको मूल्यमा कमी

काठमाडौँ, ३ असार । साताको पहिलो दिन छापावाल सुनको मूल्य आज प्रतितोला ५७ हजार २०० कायम भई कारोवार भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी सङ्घका अनुसार सुनको मूल्य गत शुक्रबार प्रतितोला ५७ हजार २५० कायम भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको स्थिति मजबुत भएको हुँदा सुनको मूल्यमा केही कमी आएको हो । सो दिनको तुलनामा आजको मूल्य प्रतितोला रु ५० ले कमी हो ।पछिल्लो एकमहिनाको समयमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निकै उतारचढाव आएकाले त्यसको प्रभावस्वरूप नेपालमा पनि सुनको मूल्य बढ्दा ह्वात्तै बढ्ने र घट्दा थोरै मात्र घट्ने क्रमले निरन्तरता पाएको थियो ।    त्यसैगरी तेजावी सुनको मूल्य आज प्रतितोला रु ५६ हजार ९५० मा कारोवार भएको छ । सोको मूल्य शुक्रबार रु ५७ हजार थियो । सङ्घका अनुसार आज चाँदी प्रतितोला एकहजार ६० कायम भएको छ, जुन शुक्रबारको तुलनामा प्रतितोला रु ५ ले कमी हो ।
  सङ्घका अध्यक्ष तेजरत्न शाक्यले युरोपमा देखापरेको आर्थिक मन्दीले गर्दा सुनमा लगानीकर्ताको आकर्षण बढ्दै गएकाले यसको मूल्य स्थिर हुन नसकेको भए पनि अमेरिकी डलरमा सुधार आएपछि सोको मूल्यमा केही कमी आएको जानकारी दिनुभयो । रासस

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Bal manjari

Started at: 17:10 HRS

Up Next

Kalika News Express

Starts at: 17:30 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event