अर्थ - वाणिज्य

प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
ललितपुर, २४ चैत रासस
व्यावसायिक रुपमा तरकारी खेती गर्न प्रोत्साहन स्वरुप युवालाई अनुदान दिने व्यवस्था गरिएको तरकारी विकास निर्देशनालयले जनाएको छ । आधुनिक प्रविधिको प्रयोग गरेर ठूलो क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई लक्षित गरि अनुदान दिइने व्यवस्था गरिएको निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । 
 
नयाँ शुरु गरेका किसानलाई भन्दा पनि यो कार्यक्रम व्यावसायिक किसानलाई थप व्यावसायिक बनाउन लक्षित छ, उहाँले भन्नुभयो, “पहिले खुल्ला खेती गर्ने किसानलाई बाँसको टर्नेलमा र बाँसको टर्नेलमा खेती गर्नेलाई झुलमा खेती गराउन हामीले प्रोत्साहन गरेका हौँ ।” 
 
विगतमा धेरै किसानलाई थोरै रकम अनुदान दिने गर्दथ्यो । तर यो कार्यक्रममा ठूलो क्षेत्रफलमा व्यवसायिक तरकारीखेती गर्ने किसानलाई रु आठ लाखदेखि रु १५ लाखसम्म अनुदान दिइने व्यवस्था गरिएको छ । किसानले त्यही अनुपातमा आफूले पनि लगानी गर्नुपर्ने सर्त छ । ललितपुर, काठमाडौँ, मकवानपुर, नुवाकोट, चितवान, लमजुङ, सिन्धुपाल्चोक र कैलाली गरेर नौ जिल्लाका किसानले अनुदान रकम पाएका हुन् । 
 
निर्देशनालयले चार फरक सर्तमा अनुदान सहयोग गरेको छ । टनेलसँगै, प्लास्टिक पोखरी बनाउन, थोपा सिँचाइ, हावामा खेती गर्नका लागि किसानलाई सहयोग गर्न लागिएको हो । उहाँले भन्नुभयो, “ यो कार्यक्रमअन्तर्गत हामीले विदेशबाट फर्किएका, ठूलो क्षेत्रफलमा खेती गरेका र प्रविधिको प्रयोग गरेको किसानलाई लक्षित गरेका छौँ ।” 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award