अर्थ - वाणिज्य

मनरा सिस्वाको बजेट तेत्तीस करोड ८६ लाख मनरा सिस्वाको बजेट तेत्तीस करोड ८६ लाख

गौशाला, २३ माघ,रासस

मनरा सिस्वा नगरपालिकाले रु ३३ करोड ८६ लाख बजेट प्रस्तुत गर्दै सोमबार प्रथम नगरसभा सम्पन्न गरेको छ । 

मनरा सिस्वा नगरपालिकाले नगरभित्रको तीन स्थानमा बर्थिङ सेन्टर, सम्पूर्ण वडालाई जोड्ने विशेष सडक सञ्जाल, विशेष शिक्षा योजना, कृषिलगायत महत्वकांक्षी योजनालाई बजेटमा समावेश गरेको छ । 

छत्तीसजनालाई उद्यमशीलता विकास तालीम 

घरेलु तथा साना उद्योग कार्यालयले दुई नगरपालिकाका ३६ जनालाई उद्यमशीलता विकास तालीम प्रदान गरेको छ । मनरा नगरपालिकाका २४ जना र गौशाला नगरपालिकाका १२ जनालाई तालीम प्रदान गरिएको कार्यालय प्रमुख अर्जुनकुमार मण्डलले बताउनुभयो । 

मनरा नगरपालिकाको सरपल्लो प्रावि र गौशाला नगरपालिकाको पुरानो नगरपालिका भवनमा १० दिनसम्म सञ्चालन गरिएको थियो । कार्यालयले निःशुल्क रुपमा तालीम प्रदान गरेको थियो । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Farak Drishtikod

Started at: 08:30 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award