अर्थ - वाणिज्य

बोदेवरसाइनको बजेट रु ५५ करोड बोदेवरसाइनको बजेट रु ५५ करोड

राजविराज, २६ पुस,रासस

सप्तरीको बोदेवरसाइन नगरपालिकाको मंगलबार सम्पन्न नगरसभाबाट आव २०७५÷०७६ का लागि रु ५५ करोड ७८ लाख एक हजार ७०० को अनुमानित खर्च सार्वजनिक गरेको छ । 

कार्यक्रममा नगरप्रमुख आतेशसिंह यादवले बजेट प्रस्तुत गर्दै आगामी आव २०७५÷०७६ का लागि नेपाल सरकारबाट राष्ट्रिय बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध स्रोत अनुमान विवरणका आधारमा आन्तरिक आय तथा प्रशासनिक चालु पूँजीगततर्फ रु १५ करोड ९३ लाख ५५ हजार, बाह्य पूँजीगत तर्फबाट १३ करोड ४९ लाख ५२ हजार ९ सय १ रुपैयाँ, अनुदान पूँजीगत निशर्त नेपाल सरकारको तर्फबाट १२ करोड ५८ लाख आठ हजार ३३० र प्रशासनिकतर्फ रु १० करोड, ६८ लाख सात हजार ४३६ राखिएको छ । 

नगरसभाले मधेश आन्दोलन, जनआन्दोलन र जनयुद्धका शहीद परिवार र ज्येष्ठ नागरिक दलितको हकमा ९पूर्ण अपांग०लाई यस नगरपालिकाले गरिने सिफारिशमा निःशुल्क सिफारिश गरिने घोषणा पनि गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सप्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एवं युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले यो क्षेत्र अहिले पनि विकासको दृष्टिकोणले पछाडि परेको भन्दै यसको समुचित विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

बोदेवरसाइन नगरपालिकालाई विकसित गरी समृद्ध नगरपालिकाको रुपमा स्थापित गराउनुपर्नेमा जोड दिँदै जनप्रतिनिधि तथा स्थानीय बासिन्दालाई समेत जिम्मेवार भएर आ–आफ्नो तर्फबाट भूमिका निभाउन उहाँले आग्रह समेत गर्नुभयो । नगर प्रमुख आतेशसिंह यादवको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिकाको हालै सम्पन्न नगरसभाबाट आव २०७५÷०७६ मा खर्च हुने बजेट रु ३४ करोड ९८ लाख ८२ हजार बजेट प्रस्तुत गरेको छ । 

शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न प्रथम नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो । बजेट शीर्षकअन्तर्गत वित्तीय समानिकरणतर्फ रु २२ करोड ४४ लाख ३४ हजार, सशर्त अनुदान रु १० करोड ३८ लाख ५० हजार, अल्यातर्फ रु ७६ लाख, राजस्व बाँडफाँडमा रु ५० लाख, स्रोततर्फ रु ५० लाख, खडक बोर्डतर्फ रु ३५ लाख, युनिसेफमा रु चार लाख ९८ हजार ६० गरी कूल आयब्यय प्रस्तुत गरेको नगरपालिकाका कार्यकारी अधिकृत विष्णु गुरुङले जानकारी दिनुभयो । 

प्रस्तुत बजेटमा सामाजिक सुरक्षा भत्ता भने समावेश गरिएको छैन । आयव्यय प्रतिवेदन नगरपालिकाका उपप्रमुख कविताकुमारी सरदारले प्रस्तुत गर्नुभएको थियो । उक्त नगरसभाका १२ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यको उपस्थिति रहेको थियो । 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Cine Challenge

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award