अर्थ - वाणिज्य

निर्यात व्यापारलाई बढाउन अन्तराष्ट्रिय व्यापार मेलामा नेपाली उत्पादनहरुको प्रर्दशनी गर्ने कामलाई उच्च प्राथमिकता दिईने। निर्यात व्यापारलाई बढाउन अन्तराष्ट्रिय व्यापार मेलामा नेपाली उत्पादनहरुको प्रर्दशनी गर्ने कामलाई उच्च प्राथमिकता दिईने।
काठमाडौँ , मसिंर १९ ।
सरकारले निर्यात व्यापारलाई बढाउन अन्तराष्ट्रिय व्यापार मेलामा नेपाली उत्पादनहरुको प्रर्दशनी गर्ने कामलाई उच्च प्राथमिकता दिने भएको छ । 
 
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका महानिर्देशक सरद विक्रम राणाले नेपालको निर्यात व्यापार बढाउन नेपाली उत्पादनहरुलाई अन्तराष्ट्रिय व्यापार मेलामा प्रर्दशनी गर्ने कामलाई उच्च प्राथमिकता दिने निर्णय लिनु परेको प्रष्टयाउनु भएको हो । निर्यात व्यापार घटदै गईरहेका बेला सरकारले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमै पु¥याएर प्रवद्र्धन गर्ने रणनीति तय गरेको हो ।
 
त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघसँग समन्वय गरेर नेपाली उत्पादन अन्तराष्ट्रिय व्यापार मेलामा सहभागी गराउने सरकारको योजना छ । मंगलबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै महानिर्देशक राणाले निजी क्षेत्रसँग सहकार्य गरेर सो कामलाई अघि बढाउन लागिएको पनि जानकारी दिनु भयो ।
सरकारले नेपालमा निर्यात व्यापारमा लगानी बढाउन निजी क्षेत्रका बैंकहरुसँग पनि छलफल गर्दै आएको छ ।

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika New Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award