अर्थ - वाणिज्य

महारानी महोत्सवबाट रु ५६ लाख ९५ हजार आम्दानी
बाबियाचौर ९म्याग्दी०, २५ माघ ।
बेनी नगरपालिका–६ स्थित ऐतिहासिक एवम् धार्मिकस्थल महारानीको पर्यटन विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महारानी महोत्सव तथा महायज्ञ–२०७१ मार्फत रु ५६ लाख ९५ हजार आम्दानी भएको छ । 
 
महारानी क्षेत्र विकास समितिले एक कार्यक्रमको आयोजना गरी गत मङ्सिर ११ देखि २० गतेसम्म सञ्चालन भएको महोत्सव एवम् महायज्ञमार्फत रु ८१ लाख ८९ हजार ७०४ आम्दानी, रु २० लाख ५८ हजार ११९ खर्च र रु ५६ लाख ९५ हजार १०० बचत भएको सार्वजनिक गरेको हो । 
 
आम्दानीमध्ये जिविस, बेनी नगरपालिकालगायत विभिन्न सरकारी कार्यालयबाट रु १० लाख ५५ हजार उठ्न बाँकी रहेको छ । महायज्ञबाट भएको आम्दानी महारानीको धार्मिक पर्यटन विकासका लागि प्रचारप्रसार, पुजारी आवासलगायत पूर्वाधार निर्माण, संरक्षण र नियमित पूजा सञ्चालनका लागि प्रयोग गरिने समितिका कोषाध्यक्ष याम शाक्यले जानकारी दिनुभयो । 
 
बाइसे चौबीसे राज्यका पालामा तत्कालीन ज्यामरुककोटे मल्ल राजाकी श्रीमती पति बियोगमा अलप भएको स्थान मानिने महारानीको पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । सदरमुकाम बेनी बजार नजिकै एकान्त वातावरणमा अवस्थित महारानी दृष्य अवलोकनका लागिसमेत उपयुक्त मानिएको छ । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Nepal Khabar

Started at: 09:00 HRS

Up Next

Traffic Update

Starts at: 09:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award