देश

सर्लाहीको मुसौलीमा बम विष्फोट, एक गम्भीर घाइते

 

सर्लाही, १९ असार । सर्लाही–७ को मुसौलीमा आज बिहान पे्रसरकुकर बम विस्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा साइकलमा बम बोकेर सदरमुकाम मलङ्गवातर्फ आइरहेको एक व्यक्ति आफैँले बोकेको बम विष्टफोटमा परी गम्भीर घाइते भएका हुन् ।जिल्लाको पश्चिमी भेग गड्हिया १ बिर्ताटोलका २२ वर्षीय रामविराट यादव विष्फोटमा घाइते भएका छन् । प्रहरी हबल्दार पवन मिश्रका अनुसार आज बिहान सदरमुकामभन्दा दुई किलोमिटरको दुरीमा रहेको मुसैली गाविसमा साइकलमै बम विष्फोट भएको थियोे । विष्फोट भएको बम शक्तिशाली प्रेसरकुकर बम रहेको उनले बताए । किन र कुन प्रयोजनका निम्ति उक्त बम सदरमुकामतर्फ ल्याउन लागिएको हो । साइकलमा दुईजना सवार रहेकामा एक जना फरार भएको छ ।
 

Post Comment

More देश

Onair Now Onair Now

Pop @ 95.2

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event