देश

माइक्रो सञ्चालनले स्थानीयबासी खुसी

 

विद्रोही गिरी ,नवलपरासी ६ असार -
नवलपरासीको भित्री सडकहरुमा माइक्रो सञ्चालन भएपछि स्थानीयबासी खुसी भएका छन् ।    पुर्बपश्चिम लोकमार्गमा निस्कन झण्डै दुई घण्टा पैदल हिड्न पर्ने ठाउँमा माईक्रो सञ्चालन भएको हो ।   माईक्रो सञ्चालन भएपछि आउनजान सहज भएको हसौराका गोबिन्द पाण्डेले बताउनु भयो ।
नवलपुर जीप तथा मिनीबस यातायात ब्यबसायी समितिले कावासोती, दलदले र गैंडाकोटका भित्री सडकमा यातायात सेवा सञ्चालन गरेको हो । सडक सञ्जाल पुगेका ठाउँमा छोटो दुरी भएपनि सवारी साधन सञ्चालनमा ल्याएको नवलपुर जीप तथा मिनी बस ब्यबसायी समितिका अध्यक्ष एवं  राष्ट्रिय यातायात ब्यबसायी महासंघका उपमहासचिव कृष्णकुमार श्रेष्ठले बताउनु भयो । समितिले डेढ महिना अगाडि देखि यी ठाउँमा माईक्रो तथा जीप सञ्चालनमा ल्याएको छ । 
गैंडाकोट –ढोडेनी, कावासोती–हसौरा, कावासोती थानाचोक– पिठौली , दलदले–मुण्डे र डण्डा –झ्यालवास  सडक खण्डमा माईक्रो सञ्चालनमा छ । गैंडाकोट– ढोडेनीमा १३ जीप सञ्चालनमा रहेका छन्  भने अन्य ठाउँमा माइक्रो सञ्चालनमा रहेका छन्  । हसौरामा तीनवटा माईक्रो, पिठौलीमा एक  र झ्यालबासका लागि तीनवटा माइक्रो सञ्चालनमा रहेका छन् । पाँच किलोमिटर देखि १५ किलो मिटर सम्मका दुरीमा माईक्रो चलेका छन् । बिहान देखि साँझ सम्म माईक्रोले चार टिप गर्ने गरेको समितिले जनाएको छ । गाउँमा यातायात सुबिधा नहुदा नीजि सवारी साधन नभएकाहरुले पैदल हिड्नुपर्ने अबस्था थियो ।  माईक्रो सञ्चालन भएपछि त्यसको अन्त्य भएको छ । समान ढुवानीका लागि राम्रो भएकाले  सवारी भाडा महंगो भएपनि गाउँलेले राहात पाएको हसौरा सुशिल पौडेलले बताउनु भयो । कच्ची सडक भएकाले एक पटक यात्रा गर्दा यात्रुले सरदर रु ३० भाडा बुझाउने छन् । भाडाको मुल्य भन्दामा पनि सेवा पाएकोमा गाउँले खुसी भएका छन् । 
बिरामी हुदा र अन्य ठाउँबाट दिउसो र साझ आउने  ब्यक्तिलाई हिडरै घर पुग्न  नपर्दा गाउँले खुसी भएका हुन् । ब्यबसायिक हिसाबले नाफा कमाउन भन्दा पनि सामाजिक सम्बन्धलाई हेरेर माइक्रो सञ्चालनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । सडक सञ्जाल पुगेका जिल्लाका भित्री ठाउँका बासिन्दालाई यातायात सुबिधा दिन समिति लागि परेको उहाँले बताउनु भयो । अन्य क्षेत्रबाट  यातायात सञ्चालनमा माग भए समितिले त्यस्ता रुटमा सवारी साधन पठाउने श्रेष्ठको भनाई छ । समितिले नारायगढ – डण्डामा समेत गरी दुई  सय २७ माईक्रो तथा जीप सञ्चालनमा ल्याएको छ । 
 

Post Comment

More देश

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event