देश

ट्राफिक उल्लङ्घन न्यून ट्राफिक उल्लङ्घन न्यून

रसुवा, २९ पुस रासस 

क्रमिक रुपले जनचेतना बढ्न थालेपछि राजमार्गमा ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज खड्काका अनुसार सचेतना कार्यक्रमअन्तर्गत राजमार्ग गस्तीमा तीव्रता, घुम्ती प्रशिक्षण तथा ‘चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ कार्यक्रमबाट आएको ट्राफिक नियमको चेतना वृद्धिले ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको हो । 

गत वर्ष यस अवधिमा करिब पाँच हजार सवारी चालकलाई ट्राफिक नियम उल्लंघन विषयमा कारवाही गर्नुपरेकामा चालु आवको साउनदेखि हालसम्म दुई हजार ८९९ लाई मात्र कारवाही गरिएको जनाइएको छ । 

चालु आवको छ महिनामा सानाठूला १३ सवारी साधन दुर्घटनामा परी त्यसमा सवार १३ जना सामान्य घाइते भएका थिए । दुई हजार ८९९ सवारी साधनलाई कारबाही गर्दा रु २१ लाख ४० हजार जरिवाना लिइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

यस्तै गत आवमा ३५ सानाठूला सवारी साधन दुर्घटना, ३५ जना सामान्य घाइते, दुई जनाको मृत्यु, ट्राफिक नियम उल्लंघन गर्ने आठ हजार २०० सवारी साधन कारबाहीमा परी रु ६२ लाख ८६ हजार जरिवाना भएको ट्राफिक प्रमुख खड्काले बताउनुभयो । 

 

Post Comment

More देश

Onair Now Onair Now

Swadesh Gaan

Started at: 05:00 HRS

Up Next

Kalika Highlights

Starts at: 05:20 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award