देश

मतदान हुने ४५ जिल्लामा आज राति १२ बजेदेखि यातायात बन्द हुने। मतदान हुने ४५ जिल्लामा आज राति १२ बजेदेखि यातायात बन्द हुने।
कालिका , मंसिर २० ।
दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि यातायात बन्द हुने भएको छ । मतदान हुने ४५ जिल्लामा आज राति १२ बजेदेखि यातायात बन्द हुने भएको हो ।
 
सरकारले मध्यराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सबै सवारी चालकलाई आग्रह गरेको छ । भोली मतदान हुने ४५ जिल्लामा गाडी चलाउन नदिने भएकाले आज राति १२ बजेअघि नै गन्तव्यमा पुग्न गृह मन्त्रालयले आग्रह गरेको हो ।
 
मन्त्रालयका अनुसार सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि पास लिएका सवारी, एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव बहान, अस्पताल सेवा र विद्युत सेवा लगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।

Post Comment

More देश

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika New Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award