देश

नेपालमा पहिलो पटक सौन्दर्य प्रतियोगिता हँुदै
काठमाडौँ, २४ चैत । पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसनल २०१४’ को आयोजना हुने भएको छ ।
 
नेपालको इ–प्लान्ट नामक संस्थाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आगामी साउन २१ गते सो सौन्दर्य प्रतियोगिता हुने भएको जानकारी दियो । 
 
संस्कृति, सम्पदा तथा पर्यटनलाई लक्ष्यित गरी अफ्रिकी मुलुक जिम्बावेको सिपिति मिडियाको आयोजना र नेपालको इ–प्लान्टको सहआयोजनामा नेपालमा यो प्रतियोगिता हुन लागेको इ–प्लान्टका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिनुभयो । 
 
उहाँले नेपालको ऐतिहासिक धरोहरको प्रवद्र्धन, प्राकृतिक एवम् वातावरणको संरक्षण, कला संस्कृतिको विकास तथा शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यका साथ सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको स्पष्ट पार्नुभयो । 
 
सो सौन्दर्य प्रतियोगितामा नेपाल, भारत, इजिप्ट, रसिया, मकाउ, लात्भिया, घाना, इस्टोनिया, न्युजील्याण्ड, दक्षिण कोरिया, दक्षिण अफ्रिका, इक्वेडर, स्वीडेन, स्लोभानिया, फिनल्याण्ड, बहामास, जाम्बिया, बोत्स्वाना, सिरियालियोन, माली, मालावी, तान्जानियालगायत ४० राष्ट्र सहभागी हुनेछन् । 
 
सन् २०११ देखि हुँदै आएको यो सौन्दर्य प्रतियोगिता यसपटक नेपालमा हुन लागेको हो ।
 
सो प्रतियोगिताका लागि सिङ्गापुरका बेभरली टानले १० हजार अमेरिकी डलर सहयोग गर्ने छ । रासस 

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award